इजरायलले गाजा कब्जाको प्रयास गरे अमेरिकाले अवरोध नगर्ने | Khabarhub Khabarhub

इजरायलले गाजा कब्जाको प्रयास गरे अमेरिकाले अवरोध नगर्ने


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा कब्जा गर्ने योजनामा अवरोध नगर्ने बताएका छन् ।

सन् २०२३ मा अक्टोबरमा इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेपछि अमेरिकाले लगातार सैन्य सहयोग गरिरहेको छ । अहिले गाजाको ८६ प्रतिशत जमिन आफ्नो कब्जामा लिइसकेको जनाइएको छ ।

अहिले नै समस्यामा रहेको गाजाबासीहरु लगातारको बमबारीका कारण समस्यामा छन् । इजरायली आक्रमण र भोकमरीका कारण प्रत्येक दिन दर्जनौँको ज्यान गइरहेको छ ।

यता, नेतान्याहुको गाज नियन्त्रण प्रस्तावको कारण हमासले बन्दी बनाएका इजरायलीहरूको परिवारमा चिन्ता छाएको छ ।

संयुक्त राष्ट्र सङ्घका अधिकारी मिरोस्लाभ जेन्साले पनि पूर्ण गाजा कब्जाको प्रस्ताव जोखिमपूर्ण हुन सक्ने बताएका छन् ।

सन् २००५ मा इजरायलले गाजा छाड्ने निर्णय भएको थियो । यस पछि पनि एयर स्पेस, पानीको मुहान र बन्दरगाहमा इजरायलले नियन्त्रण राखिरहेको थियो ।

सन् २०२३ मा युद्ध सुरु भए यता इजरायलले यसअघि पनि गाजा कब्जाको नीति लिएका थिए । फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि गाजाबासीलाई अन्यत्र सार्ने प्रस्ताव राखेका थिए । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : ३३ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै