इजरायलले गाजा कब्जाको प्रयास गरे अमेरिकाले अवरोध नगर्ने « Khabarhub

इजरायलले गाजा कब्जाको प्रयास गरे अमेरिकाले अवरोध नगर्ने


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा कब्जा गर्ने योजनामा अवरोध नगर्ने बताएका छन् ।

सन् २०२३ मा अक्टोबरमा इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेपछि अमेरिकाले लगातार सैन्य सहयोग गरिरहेको छ । अहिले गाजाको ८६ प्रतिशत जमिन आफ्नो कब्जामा लिइसकेको जनाइएको छ ।

अहिले नै समस्यामा रहेको गाजाबासीहरु लगातारको बमबारीका कारण समस्यामा छन् । इजरायली आक्रमण र भोकमरीका कारण प्रत्येक दिन दर्जनौँको ज्यान गइरहेको छ ।

यता, नेतान्याहुको गाज नियन्त्रण प्रस्तावको कारण हमासले बन्दी बनाएका इजरायलीहरूको परिवारमा चिन्ता छाएको छ ।

संयुक्त राष्ट्र सङ्घका अधिकारी मिरोस्लाभ जेन्साले पनि पूर्ण गाजा कब्जाको प्रस्ताव जोखिमपूर्ण हुन सक्ने बताएका छन् ।

सन् २००५ मा इजरायलले गाजा छाड्ने निर्णय भएको थियो । यस पछि पनि एयर स्पेस, पानीको मुहान र बन्दरगाहमा इजरायलले नियन्त्रण राखिरहेको थियो ।

सन् २०२३ मा युद्ध सुरु भए यता इजरायलले यसअघि पनि गाजा कब्जाको नीति लिएका थिए । फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि गाजाबासीलाई अन्यत्र सार्ने प्रस्ताव राखेका थिए । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : ३३ बजे

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति