सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु « Khabarhub

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।  राजगड गाउँपालिका– २ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारम ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सो क्रममा यादवको तिघ्रामा गोली लागेको थियो । गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजगड गाउँपालिका– २ स्थित नेपाल–भारत सीमामा सर्च अप्रेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ ।

यस्तै चार दिन अगाडि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले छिन्नमस्ता–१ बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी– ७ का मनोज रायलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : ५८ बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई