बुकीपाटनमा ‘गोठबास’ले पर्यटकलाई सहज « Khabarhub

बुकीपाटनमा ‘गोठबास’ले पर्यटकलाई सहज


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो ।

भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई विश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडीगोठ बाहेक अरु कुनै पनि संरचना थिएन ।

गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिकजसो औसतमा एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जाने गरेका छन् ।

विशेष गरी बर्खाको समयमा बुकीपाटन हरियाली देखिने र यहाँबाट अनगिन्ती हिमशृङ्खलासहित हजारौँको सङ्ख्यामा भेडाका बथानको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो ।

बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा नहुँदा उनीहरु भेडी गोठालेसँगै गोठमा रात बिताउने गर्थे । गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे । तर अहिले त्यो समस्याको कम भएको छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै गत वर्षदेखि ढोरपाटनका सन्देश थापाले बुकीपाटनको प्रवेशद्वार गर्पाछेडामै गोठस्टे सञ्चालनमा ल्याएका हुन् ।

थापासँगै स्थानीय महेन्द्र घर्ती मगरले पनि यस वर्षदेखि गोठस्टे सञ्चालनमा ल्याएका छन् । थापा र घर्ती मगरको गोठस्टे नजिकै छ । ढोरपाटन उपत्यकाबाट जाने पर्यटकलाई उनीहरूले स्वागत गर्छन् । घण्टौँको यात्रापछि गर्पाछेडा पुग्ने पर्यटकका लागि गोठस्टे विश्रामस्थल बनेको छ । गोठस्टेबाट पर्यटकले उच्च पहाड, हिमशृङ्खला र गोठालाको जनजीवन अनुभूत गर्न पाउँछन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकीपाटन आउने पर्यटक बढेको गोठस्टे सञ्चालक सन्देश थापाले बताए । पछिल्लो समय बुकीपाटन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचारप्रसार हुन थालेपछि पर्यटक बढ्न थालेको उनको भनाइ छ ।

बुकीपाटन गोठस्टे सञ्चालन गर्नुको मुख्य उद्देश्य यस क्षेत्रको प्रवर्द्धन गर्नु र पर्यटकको सेवा गर्नु भएको उनी बताउँछन् । गोठस्टेमा बास बस्ने पर्यटकलाई ढोरपाटनमा उत्पादन भएको आलु, बुकीपाटनमा रहेका भेडा च्याङ्ग्राको मासु, लेकाली साग, आँटो ढिँडोलगायतका परिकार खान दिने गरेको थापाले बताए ।

महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठस्टे सञ्चालन गरेका छन् । ढोरपाटन उपत्यकामा होटल सञ्चालन गर्दै आएका घर्तीमगरले गोठस्टे सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको बताए ।

गोठस्टेमा आउने पर्यटकबाट एक रातको बसाइँसँगै खाना र खाजाको दुई हजार पाँच सय रुपैयाँ शुल्क लिने गरिएको उनको भनाइ छ । कोही पर्यटक बिहान ९ बजे बुकीपाटन पुग्ने र साँझ फर्किने गरेको उनले बताए ।

गर्पाछेडाबाट फागुने, टीकाधार, लगायतका स्थानमा पुग्न सकिन्छ । गोठस्टेले बुकीपाटन आउँदा बसाइँ र यहाँको घुमफिरलाई सहज बनाइदिएको पोखरा महानगरपालिका–७ बाट आएका मुकेश सुब्बाले बताए । बुकीपाटनमा आफू पहिलो पटक चार वर्ष अगाडि आएको भन्दै त्यस बेला गोठमै बसेर फर्किएको उनले सुनाए । (रासस)

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ९ : १९ बजे

मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ?

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक एवम् व्यवसायी मीनबहादुर गुरुङले जेन-जीका नाममा

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन

काठमाडौं– वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति

मतदाता फकाउँदै रविले भने : रास्वपाले व्यापारी बोक्दैन, हाम्रा सांसद खराब परे बीचमै फिर्ता बोलाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस पटक निर्वाचित

अदालतको फैसला र अमेरिका–चीन अन्योल

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउँदै आएका व्यापक करलाई अमेरिकी सर्वोच्च