सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या « Khabarhub

सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर- स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा प्रवाहमा समस्या भएको छ । सर्भर नचल्दा सेवाग्राही घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था छ ।

यतिबेला स्थानीय तहका वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व सङ्कलनलगायत काम गरिरहेका छन् । तर सर्भर नचल्दा सेवाग्राही तथा कर्मचारीले हैरानी भोग्नुपरेको छ । सर्भरका कारण सेवा प्रवाहमा समस्या भएपछि भोजपुर नगरपालिका–५ बोखिमले बिहान कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ ।

बिहान दुई दिन जति राम्रो ढङ्गले सेवा दिएको भए पनि पछिल्लो समय सर्भरमा त्यही समस्या देखिएको वडासचिव अभिनास राईले जानकारी दिए । सेवा प्रवाहका क्रममा दैनिकजसो सर्भर नचल्दा सेवाग्राही मारमा पर्ने गरेका उनको भनाइ छ ।

‘अहिले वडास्तरमा सर्भरमार्फत गर्ने कामको चाप छ, बिहान राम्रो चल्छ कि भनेर कार्यालय खोलेर सेवा प्रवाह गर्दै आएका छौँ । केही दिन त राम्रै चल्यो, अहिले फेरि उस्तै समस्या छ । सर्भर नचल्दा दुईचार मिनेटमा हुने कामको लागि घण्टौँ लाग्ने अवस्था छ ।’

वडामा सामाजिक सुरक्षा भत्ता लिने तीन सय ५२ लाभग्राहीमध्ये बिहान सेवा सञ्चालन गरेर एक सयका हारहारीको नवीकरण सम्पन्न भएको वडासचिव राईले बताए । प्रायः सबै स्थानीय तहमा सर्भर नल्दा सेवा प्रवाहमा समस्या भएको उनले जानकारी दिए ।

सर्भरमा समस्या आएर सेवा प्रवाहमा कठिनाइ भएपछि नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले बिहान पनि कार्यालय सञ्चालनमा ल्याएको भोजपुर नगरपालिका–५ बोखिमका वडाध्यक्ष फविन्द्र प्रधानले बताए । (रासस) 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ९ : ४९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने