‘कुलिङ पिरियड’ प्रकरणमा रास्वपाले रामहरिलाई भन्यो- राजीनामा दिनुस् « Khabarhub

‘कुलिङ पिरियड’ प्रकरणमा रास्वपाले रामहरिलाई भन्यो- राजीनामा दिनुस्


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवात मै रास्वपाका तर्फबाट बोलेको सांसद मनिष झाले ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीमा दोषी देखिएको भन्दै सभापति खतिवडाको राजीनामा माग गरेका हुन् । 

‘अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौँ । कि मेरो नाम लेखिएको छैन भनेर हुन्छ ? यहाँ पदको नाम लेखिएको छ,’ उनले भने, ‘जिम्मेवारीपनको नाम लेखिएको छ, नालायकीपनको नाम लेखिएको छ । हामी राजीनामा माग्दछौँ । हाम्रो आन्दोलनमा एउटा मुद्दा थपिएको छ, राज्य व्यवस्था समितिका सभापतिको राजीनामा ।’
 
सांसद झाले ‘कुलिङ अफ पिरियड’मा समिति सभापति खतिवडामाथि नैतिक प्रश्न उठेको बताए । उनले विगतमा सञ्चारमाध्यमहरूमा समाचार आउँदा रास्वपालाई नैतिक प्रश्न सोधिने गरेको स्मरण गरे । 

‘कुलिङ अफ पिरियडमा राज्य व्यवस्था समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ । यस्तै–यस्तै छापाखानाहरूमा समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो,’ झाले भने, ‘अब उहाँलाई नैतिक प्रश्न– यो नालायकीपनको जवाफ कल्ले दिने ? यसको जिम्मेवारीपनको जवाफ कसले दिने ? मेरो नाम लेखिएको छैन भन्दैमा उम्किन पाइन्छ ?’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : ३० बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ