‘कुलिङ पिरियड’ प्रकरणमा रास्वपाले रामहरिलाई भन्यो- राजीनामा दिनुस् « Khabarhub

‘कुलिङ पिरियड’ प्रकरणमा रास्वपाले रामहरिलाई भन्यो- राजीनामा दिनुस्


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवात मै रास्वपाका तर्फबाट बोलेको सांसद मनिष झाले ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीमा दोषी देखिएको भन्दै सभापति खतिवडाको राजीनामा माग गरेका हुन् । 

‘अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौँ । कि मेरो नाम लेखिएको छैन भनेर हुन्छ ? यहाँ पदको नाम लेखिएको छ,’ उनले भने, ‘जिम्मेवारीपनको नाम लेखिएको छ, नालायकीपनको नाम लेखिएको छ । हामी राजीनामा माग्दछौँ । हाम्रो आन्दोलनमा एउटा मुद्दा थपिएको छ, राज्य व्यवस्था समितिका सभापतिको राजीनामा ।’
 
सांसद झाले ‘कुलिङ अफ पिरियड’मा समिति सभापति खतिवडामाथि नैतिक प्रश्न उठेको बताए । उनले विगतमा सञ्चारमाध्यमहरूमा समाचार आउँदा रास्वपालाई नैतिक प्रश्न सोधिने गरेको स्मरण गरे । 

‘कुलिङ अफ पिरियडमा राज्य व्यवस्था समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ । यस्तै–यस्तै छापाखानाहरूमा समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो,’ झाले भने, ‘अब उहाँलाई नैतिक प्रश्न– यो नालायकीपनको जवाफ कल्ले दिने ? यसको जिम्मेवारीपनको जवाफ कसले दिने ? मेरो नाम लेखिएको छैन भन्दैमा उम्किन पाइन्छ ?’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : ३० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने