सुभास नेम्वाङलाई सम्झिँदै राप्रपा सांसदको गुनासो- सभामुखले भेदभाव गर्नुभयो  « Khabarhub

सुभास नेम्वाङलाई सम्झिँदै राप्रपा सांसदको गुनासो- सभामुखले भेदभाव गर्नुभयो 


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् रोशन कार्कीले पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङको उदाहरण दिँदै सभामुख देवराज घिमिरेले संसद्मा काखापाखा गरेको टिप्पणी गरेकी छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले जेठ १३ गतेबाट संसद्को चौथो र पाँचौँ ठूला दलहरू भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आन्दोलनरत हुँदा पनि सभामुखले वास्ता नगरेको गुनासो गरिन् । 

‘हामी चौथौ र पाँचौँ दल लामो समयदेखि भिजिट भिसा प्रकरणमा आन्दोलनरत छौँ । सभामुख महोदय, म यहाँसँग अनुरोध गर्न चाहन्छु,’ सांसद कार्कीले भनिन्, ‘यहाँमार्फत् म सरकारलाई सोध्न चाहन्छु, के सरकार संसद् प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी ? के हो यो ?’

उनले पूर्वसभामुखले संसद् सञ्चालनबारे सांसदहरूलाई दिएको जवाफलाई उदाहरणका रुपमा अभिव्यक्त गरिन् ।

‘आज मैले स्वर्गीय सुवाश नेम्वाङलाई सम्झिएँ । हामीले उहाँसँग संसद् व्यवस्थाको बारेमा जानकारी लिँदा भन्नुभएको थियो– सदनमा एकजना माननीय मात्रै उठे पनि सभामुखले त्यसलाई एड्रेस गर्नुपर्छ,’ कार्कीले भनिन्, ‘त्यसको समाधान गरेरमात्र संसद् चलाउनुपर्छ ।’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : ०१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने