पछिल्लो एक सातामा थप १ सय ६४ जनामा डेङ्गु संक्रमण, संक्रमितको संख्या २६ सय नाघ्यो  « Khabarhub

पछिल्लो एक सातामा थप १ सय ६४ जनामा डेङ्गु संक्रमण, संक्रमितको संख्या २६ सय नाघ्यो 


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६४ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा डेंङ्गु संक्रमितको संख्या २ हजार ६ सय ६७ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांक अनुसार ७४ जिल्लाबाट दुई  हजार ६६७ जनामा डेङ्गु पुष्टि भएको हो । सबैभन्दा धेरै गण्डकी प्रदेशमा ७८३ जनामा डेङ्गु पुष्टि भएको छ । 

त्यस्तै बागमतीमा ५५०, कोशीमा ४७३, लुम्बिनीमा ४२८, सुदूरपश्चिममा ३२६, कर्णालीमा ५९ र मधेश प्रदेशमा ४८ जनामा डेङ्गु पुष्टि भएको इडिसिडीको तथ्यांकमा उल्लेख छ । 

जम्मा भएको सफा पानीमा हुर्किने एडिज जातका लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको संक्रमण पछिल्लो समय बाह्रै महिना देखिन थालेको चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : ४० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको