फूलपातीमा प्रकाशका फिल्म जुधे तर दुवैमा सहायक भूमिका « Khabarhub

फूलपातीमा प्रकाशका फिल्म जुधे तर दुवैमा सहायक भूमिका


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपुत संगीतमा कम सक्रिय रहेर ठूलो पर्दामा व्यस्त बनेको प्रभाव देखिन थालेका छ । आगामी दशैँको फूलपाती अर्थात् असोज १३ गते उनको अभिनय रहेको दुई फिल्म एक साथ प्रदर्शनमा आउने भएका छन् ।

प्रकाशको अभिनय रहेका फिल्महरु ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ ले बक्स अफिस प्रतिस्पर्धा गर्ने भएका हुन् । तर, यी दुवै फिल्ममा प्रकाश सहायक भूमिकामा छन् ।

‘माइतीघर’ का नायक धिरज मगर र नायिका उपासनासिंह ठकुरी हुन् । यस फिल्ममा प्रकाश र केदार घिमिरे ‘माग्ने बूढा’ सहायक भूमिकामा रहेको बुझिएको छ ।

त्यस्तै, हरिबहादुरको जुत्तामा शीर्ष कलाकार हरिवंश आचार्य छन् । उनकै लोकप्रिय चरित्र ‘हरिबहादुर’ लाई केन्द्रीय भूमिकामा राखेर यो फिल्म बनाइएको निर्माण पक्षले बताएको छ ।

०८१ सालयता प्रकाश संगीतमा कम सक्रिय छन् । उनको अभिनय रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ गत वर्षको तिहारमा प्रदर्शनमा आएको थियो । गत वर्षको अन्तिममा उनको डेब्यू निर्देशन रहेको फिल्म ‘वसन्त’ प्रदर्शनमा आएको थियो ।

उनको डेब्यू निर्देशन व्यवसायिक र समीक्षात्मक दुवै हिसाबले फ्लप भयो । यो फूलपातीमा दुई फिल्म एक साथ प्रदर्शनमा आउनुले ठूलो पर्दामा उनको व्यस्तता देखाएको छ ।

गायन करिअरको उत्कर्षमा रहेका बेला प्रकाश ठूलो पर्दामा होमिएका हुन् । गायनमा जति उनले ठूलो पर्दा यात्रामा आफूलाई प्रमाणित गर्न सकेका छैनन् ।

फिल्ममा न उनको अभिनयको चर्चा नै भएको छ, न उनले दर्शकलाई फरक स्वादको फिल्म पस्कन सकेका छन् ।

अब यो फूलपातीका दुई फिल्मले उनको अभिनय करिअरमा कस्तो भिन्नता ल्याउँछ त्यो हेर्न अब धेरै समय बाँकी छैन ।

प्रकाशको अभिनय रहेको अर्को फिल्म ‘सोल्टिनी’को प्रदर्शन मिति असोज ३ लाई तोकिएको छ । यस फिल्ममा उनी शीर्ष भूमिकामा छन् ।

अर्थात्, सोल्टिनी पूर्वनिर्धारित मितिमै प्रदर्शनमा आएको अवस्थामा असोज महिनमा उनका तीन फिल्म प्रदर्शनमा आउने देखिन्छ ।

तर असोज ३ मा ‘जारी २’ प्रदर्शनमा आउने भएको छ । सोहीकारण ‘सोल्टिनी’ टिम प्रदर्शन मिति हेरफेर गर्ने आन्तरिक तयारीमा जुटेको चर्चा छ । स्रोतका अनुसार यो फिल्मको प्रदर्शन मिति सर्ने पक्का भएको छ ।

‘सोल्टिनी’को प्रदर्शन मिति हेरफेर नभएको अवस्थामा प्रकाशको यो वर्ष ठूलो पर्दाको व्यस्तता मेकरहरुको नजरमा पर्ने किसिमकै देखिन्छ ।

प्रकाश अहिले फिल्म ‘मिरमिरे’को छायाङ्कनमा व्यस्त छन् । यो फिल्मको प्रदर्शन मिति माघ १ लाई तोकिएको छ । उनी अर्को फिल्म ‘परालको आगो’मा पनि अनुबन्ध भइसकेका छन् ।

अर्थात् प्रकाशको प्रदर्शन हुन बाँकी फिल्मको संख्या पाँच पुगेको छ । तीनको छायाङ्कन पूरा भयो । एक छायाङ्कनरत छ । एकको छायाङ्कन हुन बाँकी छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : २२ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका