‘जनचाहनाअनुसार विकास आयोजनाहरू समयमै सक्ने गरि काम गर्नुस्’ « Khabarhub

‘जनचाहनाअनुसार विकास आयोजनाहरू समयमै सक्ने गरि काम गर्नुस्’


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काम समयमा सकियोस् भन्ने जनचाहनाअनुसार काम गर्नुपर्ने बताएका छन् । स्थानीय पूर्वाधार तथा विकास विभागको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधबार  सम्बोधन गर्दै उनले विभागलाई विकास निर्माणका आयोजनाहरू समयमा सम्पन्न गर्ने गरि काम गर्न आव्हान गरेका हुन्। 

शहरी विकास मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विकास विभागले सडक पूर्वाधार, झोलुंगेपुल, सडकपुल, स्थानीय तहको प्रशासकीय भवन र साना सिन्चाइ आयोजनाको काम गरिरहेको छ ।

 ‘विकास निर्माण र पूर्वाधारसँग सम्बन्धित काम समयमा सकियोस् भन्ने जनताको चाहना पूरा गर्ने गरि काम गर्न लाग्नुस् । त्यसका लागि मन्त्रालयबाट गर्नुपर्ने केही छ भने भन्नुहोला । मन्त्रालयबाट गर्नुपर्ने काम गर्छौ ,’ उनले भने । गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशत मात्र देखिएकोमा असन्तुष्टि जनाउँदै उनले विगतका कमजोरी पहिचान गरि समाधान गर्दै आगामी वर्षमा उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिए । 

त्यस्तै, उनले अघिल्लो वर्षको समिक्षाबाट सिक्दै आगामी वर्षका योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न समयमै काम शुरु गर्न पनि निर्देशन दिनुभएको छ ।कार्यवाहक प्रधानमन्त्री सिंहले  स्थानीय पूर्वाधार विकास विभागले चालू वर्षमा गर्ने योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । 

‘२०८२-८३ मा गर्नुपर्ने योजनाहरूलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । ईन्फ्रास्ट्रक्चर डेभलपमेन्टदेखि विकट स्थानमा निर्माण भइरहेका झोलुङ्गे पुलहरू समेत तोकिएको समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने। 

कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देलले कतिपय योजनाहरू डुप्लिकेसन भएको भन्दै आयोजना क्षेत्र प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरि सुनिश्चित गरेर मात्रै काम अगाडि बढाउन विभागलाई निर्देशन दिए । 

विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले कार्यक्रममा आव ०८१-८२ को वार्षिक प्रगति समीक्षा सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : १८ बजे

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका

अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध

एजेन्सी– डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले क्युबा सरकारमाथि थप कडा आर्थिक

बालाजु र माछापोखरीका अतिक्रमित संरचनामा डोजर

काठमाडौं– नदी किनार र अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाउने

सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा