इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो « Khabarhub

इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’ को लोगो सार्वजनिक गरेको छ ।

आगामी असोज २९ र ३० गते ९१५-१६ अक्टोबर,२०२५० काठमाडौंमा आयोजना हुन लागेको नबौँ संस्करणको पावर समिटको लागि नेपालको समग्र ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरिएको हो ।

मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजनू भन्ने मुल नारा सहित आयोजना हुन लागेको समिटको लोगोमा नेपालको ऊर्जा क्षेत्रमा भइरहेको तीव्र विकास र भविष्यको उच्चस्तरको सम्भावना देखाइएको छ । यसको मूलखण्डमा रहेको हरियो पातजस्तै संरचनाले दिगोपनको संकेत गरेको छ भने, यहाँबाट नेपालको ऊर्जा उत्पादनका विभिन्न स्रोतहरू जस्तो जलविद्युत, सोलार, वीन लगायत पनि देखाइएको छ । 

लोगोमा ठूलो आकारमा देखाइएको जलविद्युत आयोजनाले नेपालको विशाल जलस्रोत क्षमता र स्वच्छ ऊर्जाको मुख्य आधार नै जलविद्युत हो भन्ने दर्शाउँछ । यसको छेउमा देखिएका आधुनिक ब्याट्री ऊर्जा भण्डारण प्रणालीहरूले नेपालको ऊर्जा सुरक्षातर्फको यात्रालाई झल्काएको छ । त्यस्तै, सौर्य ऊर्जा लगायतले नवीकरणीय ऊर्जातर्फको विविधिकरणको पनि एकसाथ संकेत गरेको छ ।

पहाड र हिमालभरी देखिएका प्रसारण लाइनले नेपालमको विद्युत सीमापारका बजारमा बिक्री गर्ने अन्तरदेशिय विद्युत व्यापारको तयारीलाई झल्काएको छ ।

विद्युतीय सवारी चार्जिङ स्टेशन, औद्योगिक क्षेत्र र सडक बत्तीहरूले उत्पादन भएको ऊर्जा देशका विभिन्न क्षेत्रमा कसरी प्रयोग भईरहेको छ भन्ने देखाएको छ । लोगोमा प्रयोग भएका यी कुराले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउँदै दक्षिण एशियाली क्षेत्रलाई ऊर्जा निर्यात गर्ने सम्भावनातर्फ लैजाने राष्ट्रको दुरदर्शी यात्रालाई प्रतिबिम्बित गरेका छन् ।

पावर समिटको संरक्षकत्व ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गरेको छ भने कन्ट्रि पार्टनरका रुपमा भारतीय राजदूतावास रहेको छ । समिटमा १० वटा विभिन्न समसामयिक सत्रहरुमा छलफल हुनेछ भने ३० देशका १ हजार भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : ५५ बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित