एमाले महासचिव भन्छन्- पूर्वराष्ट्रपति एमालेमा भिड्न आउने हल्लाको आयु सकियो « Khabarhub

एमाले महासचिव भन्छन्- पूर्वराष्ट्रपति एमालेमा भिड्न आउने हल्लाको आयु सकियो


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे भइरहेका नकारात्मक टिप्पणीलाई कडाइसाथ रोक्नुपर्ने बताएका छन् ।

साउन पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीको गौरवपूर्ण कामलाई उच्च सम्मान गरेको बताउँदै पोखरेलले नकारात्मक टिप्प्णीलाई रोक्नुपर्ने पार्टी बताएका हुन् ।

‘पूर्वराष्ट्रपतिप्रति जुन प्रकारका नकारात्मक टिप्पणी भइरहेका छन, तिनलाई कडाइका साथ रोक्नुपर्छ । उहाँको सम्मान र गरिमामा आँच आउने कुनै पनि काम गर्नुहुन्न’, पार्टी केन्द्रीय कार्यालयमा प्रचार क्षेत्रका अगुवालाई उनले भने, ‘यही कुरालाई ध्यानमा राखेर पार्टीले राजनीतिक निर्णय लिएको हो ।’

एमालेले संविधानले परिकल्पना गरेको संवैधानिक राष्ट्रपति, राष्ट्रपतिका रुपमा निर्वाह गरेको अभिभावकीय भूमिकालाई इतिहासमा सम्मान गर्ने नेतृत्वका रुपमा भण्डारीलाई स्थापित गरिसकेको पनि बताएका छन् ।

महासचिव पोखरेलले एमाले केन्द्रीय सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैकठले राष्ट्रपति र पूर्वराष्ट्रपति सम्माननीय र आदरणीय रहनुपर्छ भन्ने ठहर गरेको बताए । उनले पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको अभिभावकको रुपमा पदमा रहँदा गरेको काम अतुलनीय रहेको बताए ।

‘पूर्वराष्ट्रपति पार्टीको सदस्यको रुपमा होइन, देशकै सदावहार अबिभावकका रुपमा रहनुपर्छ भन्ने एमालेको निष्कर्ष पार्टी, देश र उहाँको हितमा छ’, उनले भने, ‘यो सत्यलाई सबैले आत्मसाथ गर्नुपर्छ ।’

उनले संवैधानिक राष्ट्रपति भनेको पदमा रहँदा मात्रै होइन, नरहँदा पनि सम्माननीय नै हुने बताए । ‘जसले कुनै गल्ती गर्दैन, सबैका लागि आदरणीय हुन्छ, सम्माननीय हुन्छ । विवादभन्दा माथि हुन्छ, सबैको साझा अभिभावकका रुपमा रहन्छ’, उनले भने, ‘पदबाट हटेपछि पनि विशिष्ट सम्मान र मर्यादा दिनुपर्ने कुरा संविधान, गणतन्त्रको संस्थागत विकास, पार्टी र स्वयं ब्यक्तिको हितमा हुने सत्य स्थापित भएको छ । यो कुरालाई अन्याथारुपमा बुझ्न वा दुष्प्रचार गर्न जरुरी छैन ।’

पोखरेलले स्वयम् पूर्वराष्ट्रपति भण्डारी पनि यसमा प्रष्ट रहेको जानकारी दिए । ‘केही-केहीले पूर्वराष्ट्रपति भर्सेस पार्टी (एमाले) देखाउन खोजे पनि त्यो हल्लाको आयु सकियो’, उनले भने, ‘पूर्वराष्ट्रपति भर्सेस पार्टी (एमाले) भन्ने छँदै थिएन, हुँदै होइन । तथ्यले पुष्टि गरिसकेको छ ।’

एमालेले साउन पहिलो साता नै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्कन नमिल्ने निर्णय गरिसकेको छ । उक्त निर्णयबारे चर्चा गर्ने क्रममा महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारीप्रतिका नकारात्मक टिप्पणी गणतन्त्रविरोधीहरूको खेती भएको उल्लेख गरे।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : ५९ बजे

चिकित्सकहरूको आन्दोलन जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको