गोसाइकुण्डमा स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

गोसाइकुण्डमा स्वास्थ्य शिविर सञ्चालन


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड पुग्ने भक्तजनको प्राथमिक उपचारका लागि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालयन गरेको छ ।

सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालका अनुसार आफ्नो संस्थाको तर्फबाट अक्सिजनसहित विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्डको किनारमा  शिविर सञ्चालन गरिरहेका छन् । 

हालसम्म ११० जनाको प्राथमिक उपचार गरिसकिएको उनले जानकारी दिए । उनका अनुसार स्वास्थ्य टोलीमा डा पदम जोशीको नेतृत्वमा छ जना विशेषज्ञ चिकित्सक एवं एक जना स्वास्थ्य प्राविधिक सहजकर्ता रहेका छन् । समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा श्वासप्रश्वासमा कमी भएर आएका बिरामीलाई अक्सिजन लगाएर उपचार सेवा दिइएको निर्देशक बस्यालले जानकारी दिए ।

विगत २५ वर्ष अघिदेखि गोसाइँकुण्डका धार्मिक यात्रुलाई उपचार सेवा प्रदान गर्दै आएको उक्त संस्थाले यही साउनको मङ्गलबारदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हो । सो संस्थाले शिविरमार्फत भक्तजनको स्वास्थ्य उपचारमा सहयोग गरिरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
   
आफूहरूसँग आवश्यक सबै प्रकारका औषधि र अक्सिजन रहेकाले बिरामी पर्ने यात्रुले नआत्तिकन गोसाइँकुण्डमा सङ्घले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सम्पर्क राख्न समस्त यात्रुसमक्ष अनुरोध गरिएको शिविरका टोली प्रमुख डा जोशीले बताए। 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ५ : १३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने