पोल्याण्डका नवनिर्वाचित राष्ट्रपति नावरोकीद्वारा सपथ ग्रहण « Khabarhub

पोल्याण्डका नवनिर्वाचित राष्ट्रपति नावरोकीद्वारा सपथ ग्रहण


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेनसी – पोल्याण्डका नयाँ राष्ट्रवादी राष्ट्रपति कारोल नावरोकीले ‘सार्वभौम पोल्याण्ड’को आह्वान गर्दै बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

शपथ ग्रहण कार्यक्रमपछि उनले ‘देशलाई पतनतर्फ धकेल्नेविरुद्ध लड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक ४२ वर्षीय नावरोकीले गत जुन १ मा भएको निर्वाचनमा युरोपेली परिषद्का पूर्वअध्यक्ष तथा प्रधानमन्त्री डोनाल्ड टस्कको इयु समर्थक सरकारलाई ठूलो झट्का दिएका थिए । 

‘म ती मानिसहरूको आवाज हुनेछु जसले सार्वभौम पोल्याण्ड चाहन्छन् जुन इयूमा छ, तर पोल्याण्ड जुन इयू होइन,’ उनले आफ्नो पदको शपथपछि सांसदहरूलाई सम्बोधन गर्ने क्रममा भने। 

उनले २० औँ शताब्दीको सुरुतिर पोल्याण्डको प्रधानमन्त्री रहेका इग्नेसी पाडेरेव्स्कीलाई उद्धृत गर्दै भने, ‘हामीले देशलाई पतन र विनासतर्फ धकेल्नेहरूसँग लड्नुपर्छ।’

इतिहासकारबाट नव राजनीतिज्ञ हुनुभएका नावरोकीले टस्कको सरकारलाई उत्तर–साम्यवादी पोल्याण्डको इतिहासमा ‘सबैभन्दा खराब’ भनेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : १८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने