फरक क्षमताकी महिलालाई बलात्कार आरोपमा पक्राउ परे रास्वपाका पालिका सभापति « Khabarhub

फरक क्षमताकी महिलालाई बलात्कार आरोपमा पक्राउ परे रास्वपाका पालिका सभापति


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना गाउँपालिका सभापति फरक क्षमताकी महिलालाई बलात्कार आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको लिखुपिके गाउँपालिका वडा नं. २ पोखरी निवासी ४५ वर्षीय रामचन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

फरक क्षमता भएकी एकजना महिलालालाई बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

२०८१ साउन ४ गते दिउँसो ५ बजे, फरक क्षमताकी एक महिलालाई बलात्कार गरी फरार रहेका बस्नेतलाई सोमबार दिउँसो काठमाडौं महानगरपालिका-१६ स्थित बनस्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी विकास राईले बताए ।

गत वर्ष साउनमा भएको उक्त घटनापछि फरार बस्नेतलाई पक्राउ गरी बुधबार जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद लिइएको राईले बताए ।

प्रहरीले अनुसन्धानका क्रममा बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखुपिके गाउँपालिकाका सभापतिसमेत रहेको खुल्न आएको जानकारी दिएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : ३९ बजे

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

किमाथांका– प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका

नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा ऊर्जामन्त्री श्रेष्ठको जोड

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूले कुल विद्यार्थी

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा