गण्डकीमा २४५ किलोमिटर पक्की सडक निर्माण | Khabarhub Khabarhub

गण्डकीमा २४५ किलोमिटर पक्की सडक निर्माण


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१–०८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ ।

आर्थिक वर्ष २०८१–०८२ को सहित २०७४ सालमा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलब ८८ किलोमिटर सडक कालोपत्रे र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँले प्रदेश सरकारले गत वर्ष सम्पन्न भएका ११ वटा सहित ११२ वटा सडक पुल निर्माण गरेको जानकारी दिए । उनका अनुसार गत वर्षको ६६ दशमलब ७३ किलोमिटर सहित हालसम्म ७६२ दशमलब ७३ किलोमिटर सडक ग्राभेल भएको छ ।

गत वर्षको पाँचवटा सहित ८७ वटा झोलुङ्गे पुल र ३९ वटा सहित ६७ वटा भवन निर्माण तथा मर्मत भएको बानियाँले बताए । गत आर्थिक वर्षमा १२ अर्ब ७१ करोड आठ लाख ६९ हजार बजेट बिनियोजन गरेको मन्त्रालयले ७६ दशमलब ५२ प्रतिशत अथवा नौ अर्ब ७२ करोड ६७ लाख ३७ हजार खर्च गरेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयले पछिल्लो पाँच वर्षयताकै धेरै बजेट खर्च गरेको बताए । यस वर्ष पुराना योजनालाई पूर्णता दिन बहुवर्षीय योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको उनको भनाइ छ ।

मन्त्रालयले गत वर्ष चार अर्ब २७ करोड ६५ लाख ५६ हजार लागत अनुमान गरिएको ४७ सडक, १३ सडक पुल, १३ झोलुङ्गे पुल र एक वटा भवन निर्माणका लागि गत वर्ष बहुवर्षीय ठेक्का लगाएको छ । आर्थिक वर्ष २०८१–०८२ मा ६३ वटा बहुवर्षीय योजना सम्पन्न भएका छन् ।

हाल २७१ बहुवर्षीय योजना निर्माणाधीन छन् । निर्माणाधीनमध्ये १८६ प्रदेश सडक, चार सङ्घीय सडक, डिजाइन एण्ड बिल्ड माध्यमबाट निर्माण गर्नेगरी ठेक्का लागेका सात र तीन वटा सङ्घीयसहित ६६ वटा सडक पुल, १२ वटा झोलुङ्गे पुल र तीन वटा भवन छन् ।

मन्त्रालयले सञ्चालन गरेका २० योजना समस्याग्रस्त छन् । बहुवर्षीय योजनामा १० अर्ब १५ करोड ८१ लख ७४ हजार दायित्व रहेकोमा आर्थिक वर्ष २०८२–०८३ मा चार अर्ब ७७ करोड ८३ लाख ३४ हजार विनियोजन भएको छ ।

सालबसाली योजनाको ठेक्का लगाउँदा बचत भएको रकम बहुवर्षीय योजनामा आन्तरिक रकमान्तर गरेर आर्थिक स्रोतको व्यवस्थापन गरिएको मन्त्रालयका सचिव कमलबहादुर अधिकारीले बताए । गत वर्ष सालबसाली योजनाको ठेक्काबाट बचेको एक अर्ब ९४ करोड एक लाख ३१ हजार बहुवर्षीय योजनामा रकमान्तर गरिएको थियो । (रासस)

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : ५६ बजे

जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

कैलाली– कैलालीको लम्कीस्थित जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ७० लाख रुपैयाँ

रूपन्देहीको उपचुनाव : अखिलका नेता बने एमालेका बागी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ

पहिरोले बेहाल अरनिको राजमार्ग (तस्बिरहरू)

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २, इको क्षेत्रमा साउन १८ गते

एमाले समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा योगेश भट्टराई 

ललितपुर– नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार