एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि १० समूहमा छलफल सुरु « Khabarhub

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि १० समूहमा छलफल सुरु


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा समूहगत छलफल सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ शनिबार सुरु भएको महाधिवेशनमा सबै प्रतिवेदन पेस भइसकेपछि आज समूहगत छलफल सुरु भएको हो ।

प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह बनाइएको छ । जसमा सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक समूह छन् ।

जारी महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन पेस गरिएको थियो ।

शनिबार बिहान केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गरे गरेका थिए ।

प्रतिनिधिहरूलाई प्रस्तुत भएका प्रतिवेदनमाथि फरक मत तथा असहमति भए आआफ्नै समूहमा बहस गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देश दिएका छन् ।

दश समूहमा सबै प्रतिवेदनमाथि छलफल हुनेछ । प्रत्येक समूहले बहस नोट कमिटी, छलफलको प्रतिवेदन लिखित र टोली नेताले प्रतिवेदन हलमा पेस गर्न महासचिव पोखरेले निर्देश गरेका छन् ।

त्यसैगरी बन्दसत्रले सचिव लेखराज भट्टको संयोजकत्वमा बहस नोट कमिटी गठन गरेको छ । जसमा सदस्यहरू स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्युरो सदस्य सूर्य थापा, जुली महतो, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य र विष्णुमाया विक रहेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १२ : १३ बजे

निर्वाचन देश बनाउने संकल्पको जनमत हो : ईश्वर पोखरेल

काठमाडौं- काठमाडौं निर्वाचन–५ मा नेकपा (एमाले) का उमेदवार ईश्वर पोखरेलले

रमजानको इफ्तार गर्न असिम शाहको निवास पुगे बालेन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

उत्तर–पूर्वी नाइजेरियामा भएको आक्रमणमा २५ जनाको मृत्यु

नाइजेरिया – उत्तर–पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुईवटा छुट्टै जिहादी

टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा भारतले जिम्बाब्वेलाई

‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’मा वियज, केकी र अञ्जु पन्त उत्कृष्ट

काठमाडौं – ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणमा नायक