विद्या भण्डारीबारे देउवा : राजनीतिमा फर्किन संविधानले रोकेको छैन  « Khabarhub

विद्या भण्डारीबारे देउवा : राजनीतिमा फर्किन संविधानले रोकेको छैन 


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधानले नरोकेको बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियता अस्वाभाविक मान्न नभएको बताए। संविधानले राजनीतिक दलमा आबद्ध हुन पूर्वराष्ट्रप्रमुखलाई नरोकेको पनि देउवाले बताएका छन् ।

नेकपा (एमाले)ले गत साउन ५-६ को केन्द्रीय कमिटी बैठकबाट भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा फर्किएर उपाध्यक्ष बनिसकेका छन् ।

देउवाले दुईतिहाइ बहुमत जुटे मात्रै संविधान संशोधन अघि बढ्ने बताएका छन् । दलहरूसँग छलफल भइरहे पनि निष्कर्षमा ननिस्किएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाउनेबारे कांग्रेमा छलफल नभएको देउवाले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १२ : ३० बजे

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस

झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्म जिल्लामा सात

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को