व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : गगन थापा | Khabarhub Khabarhub

व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : गगन थापा


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस, काठमाडौँ महानगर-३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए।

 उनले भने, ‘कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जसले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ ।’

यसैगरी, महामन्त्री थापाले बिपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेकाले बिपीलाई सम्झिनुपर्ने अवस्था भएको उल्लेख गरे। उनले बिपीको सिद्धान्तअनुसार पार्टी र अग्रज नेताहरूले काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ । कांग्रेस सरकारमा रहनु नहरनु ठूलो कुरो होइन । हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्किनुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ महानगर–३० कार्यसमितिका सभापति दलबहादुर कार्की, काठमाडौँ–४ प्रदेश ‘क’ का सभापति विमलकुमार होडालगायत नेताहरूले बिपीको योगदान र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना विचार राखेका थिए । 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १ : १६ बजे

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी

चिनियाँ नियामक निकायका पूर्वप्रमुखलाई भ्रष्टाचारको अभियोग

बेइजिङ- चीनको धितोपत्र बजारका लागि सर्वोच्च नियामक निकायका पूर्वप्रमुखमाथि अनुसन्धान

‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ भक्तपुरको मानव कल्याण समाजलाई

काठमाडौं– यसवर्षको ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाज (सेवा

फापरले गाँसेको टुकुचे–तोगा मितेरी साइनो

झुप्पामा फूल्छन् फापरका फूल । ठाउँ र जातअनुसार बदलिन्छन् फापरका

फापरखेतीमा कृषकको आकर्षण बढ्दो

मुगु– यहाँका गाउँघरमा फापरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।