फापरखेतीमा कृषकको आकर्षण बढ्दो « Khabarhub

फापरखेतीमा कृषकको आकर्षण बढ्दो


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुगु– यहाँका गाउँघरमा फापरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । तरकारी र नगदे बालीले केही वर्ष ओझेलमा पारेको फापरखेतीमा हाल पुनः कृषकहरू आकर्षित भएका हुन् ।  

विशेषगरी यहाँका मुर्मा, पिना, रारा र आसपासका बस्तीहरूमा किसानहरूले फापरखेती गर्न थालेका छन् । स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभई राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित भएका हुन् ।

स्थानीय शिक्षक नन्दसिंह रोकायाका अनुसार फापरखेती पहिले जस्तै लोकप्रिय हुन थालेको छ । उनले भने, ‘हाम्रो पुरानो र मुख्य खेती नै फापर हो । अहिले बजारमा चामल र गहुँले ठाउँ लिए पनि फापरखेती फाइदाजनक भएकाले यसप्रति आकर्षण बढ्दै गएको छ ।’

वडा नं ९ मुर्मा गाउँकै अर्का कृषक झुपुकला रोकायाले फापरखेतीले आम्दानी दिने सम्भावना बढेको बताए । उनले भने, ‘पहिले फापरलाई गरिबको अन्न भनेर हेपिन्थ्यो । तर अहिले यसको पीठो र परिकार बजारमा महँगोमा बिक्री हुने गर्छ । यसले हामीलाई आत्मनिर्भरतासँगै आयस्रोत वृद्धि गरेको छ ।’

मुगु–रारा पर्यटकीय क्षेत्रमा आउने पर्यटकले स्थानीय उत्पादन खोजी गर्ने भएकाले फापरको माग दिनानुदिन बढ्दो छ । होटल व्यवसायीहरूका अनुसार, पर्यटकले विशेषगरी फापरका ढिँडो, रोटी, लड्डु, तथा विविध परिकार माग गर्छन् । यसले किसानलाई उत्पादन बढाउन थप हौसला मिलेको छ ।

फापरमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, आइरनलगायतका पौष्टिक तत्व हुने बताइन्छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोगीका लागि फापर उपयुक्त मानिने भएकाले स्थानीय उत्पादनले बाहिरी बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसानहरू बताउँछन् ।

जिल्लाको चिस्यानयुक्त भेगमा सहजै फल्ने यो बालीमा उत्पादन खर्च पनि कम हुने गर्छ । स्थानीय सरकार र कृषि कार्यालयले समेत फापरलाई परम्परागत बाली संरक्षणसँगै आयआर्जनको विकल्पका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएका छन्।  

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  २ : ४७ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन