यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो : प्रचण्ड « Khabarhub

यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो : प्रचण्ड


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारलाई बिचौलियाको धाक र धम्कीबाट बनेको टिप्पणी गरेका छन् । 

नेपाल उद्योग व्यापार महासंघले पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रममा उनले बिचौलियाको धाक र धम्कीबाट वर्तमान सरकार बनेको टिप्पणी गरेका हुन् । 

‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो । कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको आलोचना गरे । ‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्,’ उनले भने, ‘हामी त्यसको वैकल्पिक शक्ति हौँ ।’ 

माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको दाबी गर्दै प्रचण्डले भने, ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौँ । ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादको दिशामा उद्योगी–व्यवसायीको योगदान अपरिहार्य रहेको पनि बताए । 

पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिस्टबीच एकता र सहकार्य बढ्दै गएको उनको भनाइ थियो ।

 ‘नपत्याउने गरी जनमत बढिरहेको छ । नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौँ,’ प्रचण्डले भने, ‘जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो ।’

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ४ : २७ बजे

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको

शीतलहरबाट पठनपाठनमा समस्या

महोत्तरी– शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीय तहले धमाधम विद्यालय

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

गोरखा – गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको

हलेसीमा भक्तको भीड (फोटो फिचर)

काठमाडौं – खोटाङ जिल्लामा रहेको प्रसिद्ध हलेसी महादेवको दर्शन गर्न