यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो : प्रचण्ड « Khabarhub

यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो : प्रचण्ड


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारलाई बिचौलियाको धाक र धम्कीबाट बनेको टिप्पणी गरेका छन् । 

नेपाल उद्योग व्यापार महासंघले पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रममा उनले बिचौलियाको धाक र धम्कीबाट वर्तमान सरकार बनेको टिप्पणी गरेका हुन् । 

‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो । कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको आलोचना गरे । ‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्,’ उनले भने, ‘हामी त्यसको वैकल्पिक शक्ति हौँ ।’ 

माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको दाबी गर्दै प्रचण्डले भने, ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौँ । ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादको दिशामा उद्योगी–व्यवसायीको योगदान अपरिहार्य रहेको पनि बताए । 

पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिस्टबीच एकता र सहकार्य बढ्दै गएको उनको भनाइ थियो ।

 ‘नपत्याउने गरी जनमत बढिरहेको छ । नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौँ,’ प्रचण्डले भने, ‘जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो ।’

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ४ : २७ बजे

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा