रामेछाप बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा « Khabarhub

रामेछाप बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रामेछाप– यहाँको रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । शनिबार आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बालमैत्री शासनयुक्त नगर घोषणा गरेका हुन् । 

बालबालिकाको विकास, सहभागिता, संरक्षण, संस्थागत विकासका ५१ वटा सूचक पार गरिएकाले बाल श्रम, बाल विवाहमुक्त स्थानीय शासनयुक्त नगर घोषणा गरिएको त्यस अवसरमा जानकारी दिइयो ।  
 
नगरमा रहेका सात हजार ८८ घर तथा ३६ हजार छ सय २१ जनसङ्ख्या रहेका छन् । त्यसमा १७ हजार चार सय ९३ महिला र १९ हजार एक सय २८ पुरुष रहेका छन् । त्यसमध्ये १८ वर्षमुनिका १० हजार दुई सय ४१ जना बालबालिका सबै समस्याबाट मुक्त रहेकाले यस्तो घोषणा गरिएको नगरप्रमुख लवश्री न्यौपानेले जानकारी दिए।  

उनका अनुसार समुदायस्तरमा ८३ र विद्यायस्तरमा ३० गरी कुल ११३ तथा वडास्तरमा नौ र नगरस्तरमा एक गरी १० वटा बाल सञ्जालमा गरी दुई हजार ४२ जना बालबालिका आबद्ध छन् । यस्तै, वडा तथा नगरस्तरमा गठन भएका विभिन्न समिति तथा संरचनामा १७० बालबालिकाको सार्थक सहभागिता रहेको छ ।   

बागमती प्रदेशका बालमैत्री स्थानीय शासनयुक्त नगरमध्ये यो १२औँ स्थानमा परेको छ । 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ५ : ४० बजे

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको

शीतलहरबाट पठनपाठनमा समस्या

महोत्तरी– शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीय तहले धमाधम विद्यालय

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

गोरखा – गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको

हलेसीमा भक्तको भीड (फोटो फिचर)

काठमाडौं – खोटाङ जिल्लामा रहेको प्रसिद्ध हलेसी महादेवको दर्शन गर्न