गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन | Khabarhub Khabarhub

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

यसै साता आएको बाढीले जोबगुढा नदीको बाँध भत्किएर बस्ती बाढी पस्दा दोधारा चाँदनी नगरपालिकाका पटराखल्ला, सुन्दरबस्ती रामपुरे टापु र जर्गाका ५७ घर डुबानमा परेका थिए भने एक सय ५० बढी नागरिक विस्थापित भएका थिए ।

 उक्त बाँध भत्किएको क्षेत्रको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले जोगबुढा नदीबाट बस्ती जोगाउन चालु आर्थिक वर्षमा तटबन्ध निर्माण गर्नेगरी बजेट विनियोजन भइसकेको जानकारी दिए। 

‘महाकाली र जोगबुढा नदीको बाढी र डुबानका कारण दोधारा चाँदनीमा हरेक वर्ष प्रभावित हुँदै आएको छ’, उनले भने, ‘बाढीबाट दोधारा चाँदनी जोगाउनका लागि महाकाली र जोगबुढा नदीका अधिकांश स्थानमा तटबन्ध निर्माण भइसकेको छ, बाँकी रहेका ठाउँमा पनि तटबन्ध निर्माण गर्न बजेट विनियोजन भएकाले चालु आवभित्र काम हुन्छ ।’

कुनै बेला आकाशमा बादल देख्ने बित्तिकै बाढीको त्रासमा बस्नुपर्ने यहाँका बासिन्दा अहिले तटीय क्षेत्रमा बाँध बनेपछि सुरक्षित बनेका गृहमन्त्री लेखको भनाइ छ । 

यसैबीच, गृहमन्त्री लेखकसँग बाढी विस्थापित नागरिकले गृहमन्त्री लेखकसँग सरकारले राहतभन्दा पनि बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने माग गरेका छन् । 

जोगबुढा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलका २५ घर डुबानमा परेका छन् । त्यसैगरी दोधारा चाँदनी–३ स्थित पटराखल्लाका १५ घर र दुईवटा सशस्त्र प्रहरीका बिओपीसमेत विस्थापित भएका थिए । 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ६ : २६ बजे

आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित

महोत्तरी – पछिल्ला पाँच/छ वर्षदेखि मोतीविन्दुले आँखा ढाकेपछि भङ्गाहा–७ मेघनाथ

ललितपुरमा मनाइयो इन्द्रजात्रा

ललितपुर – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना

भारतीय केराले नेपाली व्यवसायी मारमा परेपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

कैलाली – भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा

नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौं – नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित