मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित « Khabarhub

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको छ। मुन्धुम र बौद्ध दर्शनबीचको देशना, विमर्श र संवादमा आधारित उपन्यासको शनिबार आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको हो । यो योङहाङको आठौँ कृति हो । 

उपन्यासको विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले उपन्यासले पाठकलाई बौद्ध र लिम्बू दर्शनसँगै मुलुकमा विद्यमान जीवन दर्शनको परिचय गराउने बताए। उनले उपन्यासमा मिथक र शैलिगत विचित्रताको प्रयोगबारे चर्चा गरे । 

‘पाठकहरूलाई मुन्धुम दर्शन के हो भन्ने जानकारी हुन्छ । जीवन दर्शनका अन्य विषय जानकारी हुन्छ । हामी ज्ञान मिमांसाको क्षेत्रमा कति धनी छाैँ भन्ने ज्ञान हुन्छ’, आयामेली कवि काइँलाले भने। 

उपन्यासकार योङहाङले मुन्धुम दर्शन एक समुदायमा मात्र सीमित नहोस् भन्ने मनसायले सबै समुदायका पाठकमा यसका महत्त्व पुर्‍याउन उपन्यासले सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले यसअघि आफ्नो कृति ‘थोक्फेला (लालीगुरासँको फूल)’ को प्रकाशनपछि पाठकको सुझावअनुसार नै यसपटक ‘सेक्युमरी फूल’ लेखिएको प्रसङ्ग उल्लेख गरे  । 

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ६ : ४२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको