भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड « Khabarhub

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा व्यस्त छन् ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा उनी बिहीबार काठमाडाैं आएर न्यायिक भेटघाट गरिरहेका छन् । उनी आइतबारसम्म नेपालमा रहनेछन् ।

भ्रमणका क्रममा उनले ‘भारत–नेपाल न्यायिक संवाद’ कार्यक्रममा नेपाली न्यायिक तथा कानुनी समुदायलाई सम्बोधन गर्दै विधिशास्त्र, न्यायिक सुधार र न्यायपालिकाको विकासशील भूमिकामाथि प्रकाश पारे।

यसअघि गत अप्रिलमा भारत र नेपालको सर्वोच्च अदालतबीच न्यायिक सहकार्य सुदृढ पार्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

उक्त एमओयुअन्तर्गत गठन भएको संयुक्त कार्यदलको पहिलो बैठकसमेत यसै भ्रमणका अवसरमा बस्ने भएको छ।

यस भ्रमणलाई भारत–नेपालबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई न्यायिक क्षेत्रमा पनि सुदृढ बनाउन महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ९ : ५१ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको