सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर एक सय ६६ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ६७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ९१ रुपैयाँ ६ पैसा र बिक्रीदर एक सय ९१ रुपैयाँ ८७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७८ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९४ रुपैयाँ ९१, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ २ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिदर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा, युएई दिराम एकको खरिदर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिद १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १५ रुपैयाँ १२ पैसा र बिक्रीदर १५ रुपैयाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिदर २२ रुपैयाँ २९ पैसा र बिक्री दर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ। राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ६४ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ६६ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ७७ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६८ रुयैयाँ १४ पैसा र विक्रिदर तीन सय ६९ रुपैयाँ ७० पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ५ : ३३ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको