नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन सहज : रोकिएका गाडी गन्तव्य तर्फ लागे « Khabarhub

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन सहज : रोकिएका गाडी गन्तव्य तर्फ लागे


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई दिनको लगातार वर्षाका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सहज बनेको छ । सडक डिभिजन चितवनका अनुसार सोमबार बिहान ६ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको हो ।

सडक डिभिजनले अहिले अवस्था सामान्य भए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

अवस्था सामान्य बनेसँगै नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका हुन्।

‘बिहान ६ बजेबाट नारायणगढ–मुग्लिन सडकखण्ड कुनै अवरोध बिना सञ्चालन भएको छ । यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले कृपया सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रुमहानुभावलाई हार्दिक अनुरोध गर्दछौं’, सूचनामा भनिएको छ ।

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।

जिल्लाका १४ स्थानमा विश्राम कक्ष रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ७ : २२ बजे

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले