पूर्वविद्यार्थीबाट विद्यालयलाई शैक्षिक उपकरण सहयोग | Khabarhub Khabarhub

पूर्वविद्यार्थीबाट विद्यालयलाई शैक्षिक उपकरण सहयोग


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने विद्यार्थीहरूले आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् ।

प्रवासी दङ्गाले मञ्चले पितृस्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सीसीटीभी क्यामेरा र दुई थान नेटवर्किङ स्वीचलगायत उपकरण सहयोग गरेको जनाइएको छ । रोजगारी, पेसा व्यवसाय र अध्ययनको सिलसिलामा देशका विभिन्न सहर तथा विदेशमा पुगेका पूर्वविद्यार्थी तथा मगरदाङ्ग जन्मथलो भएकाहरू आवद्ध मञ्चले कोष स्थापना गरेको हो ।

मञ्चका अध्यक्ष घनबहादुर फगामी, सचिव तथा म्याग्दी प्रवासी नेपाली मञ्च (मोना)का कोषाध्यक्ष नरेन्द्र फगामी, पूर्ववडाध्यक्ष पिपला बुढालगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद बुढाथोकी र प्रअ अमृत बृढाथोकीलाई सामग्री हस्तान्तरण गरेका थिए ।

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा २४ वटा कम्प्युटर पुगेका छन् । थप १० वटा कम्प्युटर थप गरेर कम्प्युटर कक्षा सञ्चालनको तयारी गरिएको विद्यालयले जनाएको छ । विद्यालयले गरेको प्रस्तावअनुसार विभिन्न ठाउँमा रहेका पूर्वविद्यार्थी तथा प्रवासी मगरदाङबासीबाट नगद सङ्कलन गरेर उपकरण खरिद गरी उपलब्ध गराइएको मञ्चका सचिव फगामीले बताए । (रासस)

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ०८ बजे

धादिङमा एक छोराले गरे आमाको हत्या, प्रहरीले अनुसन्धान गर्दै

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका एक युवकले आफ्नी आमाको हत्या

सेनाद्वारा घाइतेको उद्धार 

काठमाडौं– इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

गुल्मी– सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडकखण्ड

जैविक विधिबाट उत्पादित तरकारी उपभोक्ताको रोजाइ 

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटका बुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक सात

वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको बहाव घट्दै

सुनसरी– लगातारको वर्षा रोकिएसँगै सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको