पूर्वविद्यार्थीबाट विद्यालयलाई शैक्षिक उपकरण सहयोग « Khabarhub

पूर्वविद्यार्थीबाट विद्यालयलाई शैक्षिक उपकरण सहयोग


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने विद्यार्थीहरूले आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् ।

प्रवासी दङ्गाले मञ्चले पितृस्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सीसीटीभी क्यामेरा र दुई थान नेटवर्किङ स्वीचलगायत उपकरण सहयोग गरेको जनाइएको छ । रोजगारी, पेसा व्यवसाय र अध्ययनको सिलसिलामा देशका विभिन्न सहर तथा विदेशमा पुगेका पूर्वविद्यार्थी तथा मगरदाङ्ग जन्मथलो भएकाहरू आवद्ध मञ्चले कोष स्थापना गरेको हो ।

मञ्चका अध्यक्ष घनबहादुर फगामी, सचिव तथा म्याग्दी प्रवासी नेपाली मञ्च (मोना)का कोषाध्यक्ष नरेन्द्र फगामी, पूर्ववडाध्यक्ष पिपला बुढालगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद बुढाथोकी र प्रअ अमृत बृढाथोकीलाई सामग्री हस्तान्तरण गरेका थिए ।

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा २४ वटा कम्प्युटर पुगेका छन् । थप १० वटा कम्प्युटर थप गरेर कम्प्युटर कक्षा सञ्चालनको तयारी गरिएको विद्यालयले जनाएको छ । विद्यालयले गरेको प्रस्तावअनुसार विभिन्न ठाउँमा रहेका पूर्वविद्यार्थी तथा प्रवासी मगरदाङबासीबाट नगद सङ्कलन गरेर उपकरण खरिद गरी उपलब्ध गराइएको मञ्चका सचिव फगामीले बताए । (रासस)

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ०८ बजे

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०