कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन् « Khabarhub

कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन्


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ ।

फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ पाँच बजेसम्म कारागारमा फर्किनका लागि सयम सीमा दिइएको हो । यस अघिसमेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयबाट फरार रहेका कैदी तथा थुनुवालाई सम्पर्कमा आउनका लागि सूचना प्रकासित गरिएको थियो ।

कारागार कार्यालय कञ्चनपुरका निमित्त कारागार प्रशासक रामदत्त जोशीले निर्धारित समय सीमाभित्र नफर्कने कैदी तथा थुनुवालाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानून अनुसार कारबाही हुने बताए । फरार कैदी तथा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानून अनुसार कारबाही हुने उनको भनाइ छ ।

फरार रहेका कैदी तथा थुनुवालाई कारागारमा बुझाउनका लागि सम्बन्धित कैदीका परिवारजन, समुदाय, नागरिक संस्था तथा सरोकारवालासँग कारागार कार्यालयले अनुरोधसमेत गरेको छ । कारागारका निमित्त प्रशासक जोशीका अनुसार गत भदौ २४ गते चार सय ७८ जना कैदी तथा फरार भएका थिए । ती मध्ये अझै ११६ जना कैदी तथा थुनुवा फरार छन् । फरार कैदी तथा थुनुवा केही आफैँ कारागारमा फर्किका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाउने कार्य गरिरहेको छ । (रासस)

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ४७ बजे

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले