धादिङमा एक छोराले गरे आमाको हत्या, प्रहरीले अनुसन्धान गर्दै « Khabarhub

धादिङमा एक छोराले गरे आमाको हत्या, प्रहरीले अनुसन्धान गर्दै


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका एक युवकले आफ्नी आमाको हत्या गरेका छन् ।

थापाकटेरीका ३० वर्षीय यम बहादुर कँडेल (जिरे)ले आइतबार राति साढे ८ बजेतिर खाना पस्कन लागेका बेला ५४ वर्षीया आमा राममाया माथि धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले घटनास्थलबाट हतियारसहित निजलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र यम बहादुरविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ ।

शरीर र टाउको छुट्टिने गरी भएको हत्याको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ लगिएको प्रहरीले जनाएको छ । राममायाको हत्यापछि पूरै गाउँ शोकमा डुबेको छ ।

(यम बहादुर कँडेल (दायाँ)– तस्बिर : अनुप सिटौलाको फेसबुकबाट)

आमाको हत्या अभियोगमा पक्राउ गरेका यमबहादुर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आक्रामक प्रस्तुती र क्रियाकलापबाट सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

जेनजी आन्दोलनको दिनदेखि नै उनमा मानसिक समस्या रहेको र सोमबार उपचारका लागि काठमाडौं ल्याउने तयारी हुँदै गर्दा आइतबार नै उनले आमाको हत्या गरेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ११ : ५८ बजे

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले