तनहुँको ९१ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा « Khabarhub

तनहुँको ९१ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँका ९१ दशमलव १० प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी सुविधा पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार जिल्लाका तीन लाख २१ हजार १५३ जनसङ्ख्यामध्ये दुई लाख ९२ हजार ५७० जनामा स्वच्छ खानेपानी सुविधा पुगेको हो । 

कार्यालय प्रमुख शम्भुराज खनालले आधारभूत स्तरको खानेपानी पहुँच ५६ दशमलव ७१ प्रतिशत र मध्यमस्तरको खानेपानी पहुँच ३४ दशमलव ३९ प्रतिशत जनतामा पुगेको जानकारी दिए । घरघरमा स्वच्छ र पर्याप्त पानी उपलब्ध भएपश्चात् स्थानीय करेसाबारीमा तरकारी उत्पादन गर्न आयआर्जनमा जोडिएको उनको भनाइ छ । 

जिल्लामा गत आर्थिक वर्षमा दुई हजार ९२७ घरधुरीमा खानेपानी सुविधा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार ससर्त कार्यक्रममार्फत २२६ र विशेष अनुदानमार्फत ४८० घरधुरीमा खानेपानी सुविधा विस्तार गरिएको खनालले बताए। 

अघिल्लो आर्थिक वर्ष २०८०-८० मा जिल्लाका दुई हजार घरधुरीमा खानेपानी सुविधा विस्तार गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९-८० मा दुई हजार १२८, आर्थिक वर्ष २०७८-७९ मा दुई हजार २९७, आर्थिक वर्ष २०७७-७८ मा चार हजार ३१७, आर्थिक वर्ष २०७६-७७ मा दुई हजार ३५४ र आर्थिक वर्ष २०७५-७६ मा एक हजार ९०४ घरधुरीमा खानेपानी सुविधा पुगेको खनालले बताए। 

चालु आर्थिक वर्ष २०८२-८३ मा जिल्लाका चार हजार ३०० घरधुरीमा खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य रहेको खनालको भनाइ छ । प्रदेश सरकारमार्फत दुई हजार, सङ्घ सरकार ससर्तमार्फत ८०० र विशेष अनुदानमार्फत एक हजार ५०० घरधुरीमा खानेपानी सुविधा विस्तार गरिने खनालले उल्लेख गरे। 

कार्यालयले नयाँ खानेपानी आयोजनाहरूको माग, सर्वेक्षण, डिजाइन, खानेपानी आयोजनाको निर्माण कार्य कार्यान्वयन, आयोजनाको सामग्री निकासा, खानेपानी आयोजनाको निर्माणमा प्राविधिक सहयोग, आयोजनाको अनुगमन, निरीक्षण, सुपरीवेक्षण, आयोजनामा भए गरेका कार्यको मूल्यांकन तथा भुक्तानी लगायतका कार्य गर्दै आएको छ । 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १२ : ४४ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी