कार र मोटरसाइकल आपसमा ठोकिँदा तीन जना घाइते « Khabarhub

कार र मोटरसाइकल आपसमा ठोकिँदा तीन जना घाइते


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिँदा तीन जना घाइते भएका छन् । 

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कास्कीको पोखरा महानगरपालिका–११ का ३६ वर्षीय राजु आचार्य तथा गोरखाको भीमसेन थापा गाउँपालिका–१ का ५६ वर्षीय खड्गप्रसाद पौडेल र उनकी श्रीमती ४५ वर्षीया रेखाकुमारी पौडेल घाइते भएका हुन् । 

घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

प्रहरीले कार चालक  धनुषाको मिथिला बिहारी नगरपालिका–१० का ३७ वर्षीय रामनारायण यादवलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १ : ५८ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा