भारतको पश्चिम बङ्गालमा भारी वर्षा, २४ जनाको मृत्यु « Khabarhub

भारतको पश्चिम बङ्गालमा भारी वर्षा, २४ जनाको मृत्यु


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा निरन्तरको वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ६२६ किलोमिटर उत्तरमा रहेको दार्जिलिङ सहरमा आइतबार पहिरो जाँदा घरहरू बगाएको थियो भने सडकहरू काटान हुनुका साथै गाउँहरू तहस नहस भएको जनाइएको छ । 
  
प्रकोपले व्यापक विनाश गर्नुका साथै हिमालयको फेदमा रहेको बस्तीका सयौँ बासिन्दाका साथै पर्यटकहरू प्रभावित भएको जनाइएको छ । प्रकोपका कारण सूचना तथा सञ्चार  सञ्जालहरु पनि बन्द भएको अधिकारीहरूले जनाएका छन् ।  

अधिकारीहरूका अनुसार दार्जिलिङमा आइतबार भारी वर्षा हुँदा मिरिक र सुखिया पोखरीसहित धेरै क्षेत्रमा पहिरो गएपछि प्रहरी तथा विपद् व्यवस्थापन अधिकारीहरूले उद्धार अभियान सुरु गरेका थिए ।

पहिरोले सिक्किमलाई जोड्ने सडक र दार्जिलिङ र सिलिगुडीलाई जोड्ने सडकसहित प्रमुख मार्गहरूमा सडक अवरोध निम्त्याएको छ ।
अधिकारीहरूले कुनै पनि अप्रिय घटना हुन नदिन टाइगर हिल र रक गार्डेनसहित दार्जिलिङका पर्यटकीय स्थलहरू बन्द गरेका छन् । 

प्रभावित क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सावधान रहन र सडक तथा मौसमको अवस्थाबारे जानकार रहन आग्रह गरिएको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले आइतबार साँझ आपतकालीन बैठक बोलाइ  सोमबार प्रभावित क्षेत्रहरूको भ्रमण गर्ने घोषणा गरे ।

‘अवस्था गम्भीर रहेको उल्लेख गर्दै भुटानमा भएको निरन्तर वर्षाका कारण उत्तर बङ्गालमा पानी भरिएको जनाइएको छ ।’ 

प्राकृतिक प्रकोपहरू नियन्त्रण भन्दा बाहिर भएको बताउँदै बनर्जीले १२ घण्टामा ३०० मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड गरिएको र वर्षाले कम्तिमा सातवटा स्थानमा पहिरो र बाढी निम्त्यायोएको जनाएका छन् ।  

भारी वर्षाले उत्तर बङ्गालका अन्य क्षेत्रहरू जस्तै जलपाईगुडी, सिलिगुडी र कुचबिहारलाई पनि असर गर्दा धेरै क्षेत्रहरूमा जलमग्न भएको छ ।

टेलिभिजन तस्बिरहरूमा नदीहरू भरिएको, क्षतिग्रस्त पुलहरू र बगाएका सडकहरू देखाइएको छ । भारतीय मौसम विभागले सोमबार सम्म दार्जिलिङ र कालिम्पोङसहित उप–हिमालयी पश्चिम बङ्गालमा भारी वर्षाको चेतावनी जारी गरेको छ । 

कुचबिहार र जलपाईगुडीका लागि रातो चेतावनी र दार्जिलिङ जिल्लाका लागि सुन्तला चेतावनी जारी गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  २ : ०५ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर