‘अभिमन्यु’ सरेको सर्‍यै, पुग्यो कात्तिक २४ मा « Khabarhub

‘अभिमन्यु’ सरेको सर्‍यै, पुग्यो कात्तिक २४ मा


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘अभिमन्यु : च्याप्पटर १’को प्रदर्शन मिति तेस्रो पटक सरेको छ । अहिलेसम्म यस फिल्मको चार फरक फरक प्रदर्शन मिति तोकिएको छ ।

फिल्म निर्माता कम्पनी सेनसिज सिनेमाले आइतबार यस फिल्मको नयाँ प्रदर्शन मिति कात्तिक २१ लाई तोकेको हो ।

वर्षाका कारण मुलुकको अवस्था सामान्य नरहेका कारण प्रदर्शन मिति हेरफेर गर्नुपरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि ‘अभिमन्यु’ प्रदर्शन मिति भदौ २६, असोज १३ र असाेज २४ लाई तोकिएको थियो ।

भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले भदौ २६ को प्रदर्शन मिति प्रभावित भएको थियो ।

त्यसपछि यो फिल्मको प्रदर्शन मिति असोज १३ अर्थात् फूलपातीलाई तोकिएको थियो । फूलपातीमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले पहिला नै प्रदर्शन मिति तोकेका थिए ।

उक्त मितिमा ‘अभिमन्यु’ पनि आउँदा हलहरुलाई शो बाँडफाँटमा समस्या हुने भन्दै असोज २४ लाई नयाँ प्रदर्शन मिति तोकेको कम्पनीले विज्ञप्तिमार्फत् जानकारी दिएको थियो ।

असोज २४ आउन पाँच दिन बाँकी हुँदा फेरि यसको प्रदर्शन मिति हेरफेर गरिएको हो ।

कात्तिक २४ लाई प्रदर्शन मिति तोक्ने ‘अभिमन्यु’ पहिलो र एक्लो फिल्म हो । तर, यसको तीन दिन अघि अर्थात् कात्तिक २१ गतेलाई दुई फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ ले प्रदर्शन मिति तोकेका छन् ।

‘अभिमन्यु’का‍‍‍ नायक कामेश्वर चौरासिया, नायिकाहरु लक्ष्मी बर्देवा, सरिता गिरी र गौमाया गुरुङ हुन् ।

‘जारी २’मा नायक दयाहाङ राई र नायिका मिरुना मगर शीर्ष भूमिकामा छन् । यसको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन् ।

‘मन बिनको धन’मा बाल गायक अशोक दर्जी र गायक तथा संगीतकार टंक बुढाथोकी शीर्ष भूमिकामा रहेने बताइएको छ । यही फिल्मबाट टंकले निर्देशनमा डेब्यू गर्दैछन् ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ३ : ०२ बजे

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित