‘अभिमन्यु’ सरेको सर्‍यै, पुग्यो कात्तिक २४ मा « Khabarhub

‘अभिमन्यु’ सरेको सर्‍यै, पुग्यो कात्तिक २४ मा


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘अभिमन्यु : च्याप्पटर १’को प्रदर्शन मिति तेस्रो पटक सरेको छ । अहिलेसम्म यस फिल्मको चार फरक फरक प्रदर्शन मिति तोकिएको छ ।

फिल्म निर्माता कम्पनी सेनसिज सिनेमाले आइतबार यस फिल्मको नयाँ प्रदर्शन मिति कात्तिक २१ लाई तोकेको हो ।

वर्षाका कारण मुलुकको अवस्था सामान्य नरहेका कारण प्रदर्शन मिति हेरफेर गर्नुपरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि ‘अभिमन्यु’ प्रदर्शन मिति भदौ २६, असोज १३ र असाेज २४ लाई तोकिएको थियो ।

भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले भदौ २६ को प्रदर्शन मिति प्रभावित भएको थियो ।

त्यसपछि यो फिल्मको प्रदर्शन मिति असोज १३ अर्थात् फूलपातीलाई तोकिएको थियो । फूलपातीमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले पहिला नै प्रदर्शन मिति तोकेका थिए ।

उक्त मितिमा ‘अभिमन्यु’ पनि आउँदा हलहरुलाई शो बाँडफाँटमा समस्या हुने भन्दै असोज २४ लाई नयाँ प्रदर्शन मिति तोकेको कम्पनीले विज्ञप्तिमार्फत् जानकारी दिएको थियो ।

असोज २४ आउन पाँच दिन बाँकी हुँदा फेरि यसको प्रदर्शन मिति हेरफेर गरिएको हो ।

कात्तिक २४ लाई प्रदर्शन मिति तोक्ने ‘अभिमन्यु’ पहिलो र एक्लो फिल्म हो । तर, यसको तीन दिन अघि अर्थात् कात्तिक २१ गतेलाई दुई फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ ले प्रदर्शन मिति तोकेका छन् ।

‘अभिमन्यु’का‍‍‍ नायक कामेश्वर चौरासिया, नायिकाहरु लक्ष्मी बर्देवा, सरिता गिरी र गौमाया गुरुङ हुन् ।

‘जारी २’मा नायक दयाहाङ राई र नायिका मिरुना मगर शीर्ष भूमिकामा छन् । यसको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन् ।

‘मन बिनको धन’मा बाल गायक अशोक दर्जी र गायक तथा संगीतकार टंक बुढाथोकी शीर्ष भूमिकामा रहेने बताइएको छ । यही फिल्मबाट टंकले निर्देशनमा डेब्यू गर्दैछन् ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ३ : ०२ बजे

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री