गण्डकी प्रदेशसभा बैठक कृषि मन्त्रालयको सभाकक्षमा बस्ने | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभा बैठक कृषि मन्त्रालयको सभाकक्षमा बस्ने


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– ‘जेन-जी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त बनेपछि स्थगित भएको प्रदेशसभा बैठक आगामी बुधबार दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा बस्ने भएको छ । 

पुनःप्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायतका संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको सभामुख कृष्णप्रसाद धितालले बताए। 

“तत्कालका लागि बैठक बस्न अस्थायी प्रबन्ध गरिएको हो, अहिलेको बैठक तीन दिन मात्र चल्छ, बर्खे अधिवेशन सकिएपछि अन्य व्यवस्था गरिन्छ”, उनले भने। बैठकमा गाँजा खेती, खानी तथा खनिज सम्बन्धी विधेयकबारे दफाबार छलफल र पारित गर्ने कार्यसूची रहेको सभामुख धितालले जानकारी दिए । 

गत भदौ २५ गते प्रदेशसभा बैठक डाकिएकामा त्यसको अघिल्लो दिन भदौ २४ गते  ‘जेन-जी’ प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेका थिए । त्यसपछि उत्पन्न विषम परिस्थितिका कारण प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको थियो । 

प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा भवन काठ र ढुंगाबाट बनेको पुरानो शैलीको संरचना भएकाले आगलागीबाट पूर्ण रूपमा क्षति भएको थियो ।  
 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ४ : २४ बजे

भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्धार

भैरहवा– अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान

यस्तो छ फागुन २१ मा हुने चुनावको कार्यतालिका

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका

युक्रेनी ड्रोन आक्रमणपछि रुसमा व्यापक बिजुली कटौती

एजेन्सी – युक्रेनबाट भएको तीव्र ड्रोन आक्रमणपछि रुसले आफ्नो सीमावर्ती

मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको

एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने फुटबल टोलीको बिदाइ

काठमाडौं– भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने