एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने फुटबल टोलीको बिदाइ | Khabarhub Khabarhub

एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने फुटबल टोलीको बिदाइ


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ । 

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेका हुन् । नेपालले भियतनामसँग असोज २३ र २८ गते दुई खेल खेल्नेछ । 

नेपालले होम म्याच दशरथ रंगशालामा खेल्नुपर्ने भएपनि दशरथ रंगशाला अझै अयोग्य रहेको कारण होम र अवे दुवै खेल भियतनाममा नै खेल्न लागेको हो । बिदाइ कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एसियन कप छनोटका लागि राम्रो तयारी भएको बताए । यसअघिको बंगलादेशसँग एक मैत्रिपूर्ण खेल राम्रो भएको भन्दै उनले भियतनामबिरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने उल्लेख गरे ।

नेपाली राष्ट्रिय फुटबल टोलीमा आयुष घलान, कृतिश रत्न छुन्जु र सुमित महर्जन फर्किएका छन् । अनिष श्रेष्ठ र विमल पाण्डेले टोलीमा पुनरागमन गरेका छन् भने गोलकिपर विशाल सुनार यसपटकको टोलीमा समावेश भएका हुन् । 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ५ : ४३ बजे

सप्तरीमा बाढी तथा डुबानबाट एक हजारभन्दा बढी मानिस प्रभावित

राजविराज- अविरल वर्षापछि आएको बाढीले सप्तरीको जनजीवन प्रभावित बनाएको छ

बाढीपीडितको उद्धार र राहत वितरणमा विराटनगर महानगरको पहल

विराटनगर- विराटनगर महानगरपालिकाले अविरल वर्षाका कारण महानगर क्षेत्रमा प्रभावित परिवारलाई

मनसुनी विपदमा परी ४८ को मृत्यु, छ बेपत्ता, २८ घाइते

काठमाडौं- पछिल्लो मनसुनी विपदमा परेर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको

भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्धार

भैरहवा– अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान

यस्तो छ फागुन २१ मा हुने चुनावको कार्यतालिका

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका