युक्रेनी ड्रोन आक्रमणपछि रुसमा व्यापक बिजुली कटौती « Khabarhub

युक्रेनी ड्रोन आक्रमणपछि रुसमा व्यापक बिजुली कटौती


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनबाट भएको तीव्र ड्रोन आक्रमणपछि रुसले आफ्नो सीमावर्ती क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको जनाएको छ । किएभले गरेको यो प्रहारलाई युद्ध सुरु भएपछिका सबैभन्दा ठूलो आक्रमणहरूमध्ये एक मानिएको छ ।

किएभले रुसको भूमिमा, विशेषगरी तेल पूर्वाधारमा, आक्रमण तीव्र बनाउने घोषणा गरेको छ । यसलाई उसले मस्कोले युक्रेनी सहरहरूमा दैनिक तोप र ड्रोन प्रहार गरेर ऊर्जा संरचनामा गरेको नोक्सानीको वैध प्रतिक्रिया बताएको छ । ती आक्रमणहरूले पटक–पटक लाखौँ युक्रेनी नागरिकलाई बिजुलीविहीन र कठ्याङ्ग्रिने जाडोमा तातोबिना बस्न बाध्य बनाएका थिए ।

रुसको रक्षा मन्त्रालयका अधिकारीहरूले रातभरमा २५१ युक्रेनी ड्रोन खसालिएको दाबी गरेका छन् । यो सन् २०२२ फेब्रुअरीमा युद्ध सुरु भएपछिको सबैभन्दा ठूलो दैनिक सङ्ख्या हो ।

बेलगोरोड सीमाक्षेत्रमा हजारौँ नागरिक बिजुलीविहीन भएका छन् । बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभका अनुसार हाल २४ वटा बस्तीमा आंशिक ब्ल्याकआउट भएको छ, जसले करिब पाँच हजार चार सय जनालाई असर पारेको छ ।

यसैबीच, दक्षिणी क्रास्नोडार क्षेत्रमा रहेको एउटा तेल शोधन केन्द्रमा पनि आक्रमण भएको र त्यहाँ दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । यता, युक्रेनका अधिकारीहरूले भने रुसले आफ्नो क्षेत्रमा ११६ वटा ड्रोन प्रहार गरेको बताएका छन् । तीमध्ये केहीले चेर्निगिभ क्षेत्रको ऊर्जा संरचनालाई नोक्सान पुर्‍याए भने खेरसन क्षेत्रमा एक महिलाको मृत्यु भएको जनाइएको छ ।

युक्रेनी प्रशासनका अनुसार, रुसले पुनः आफ्नो पुरानो रणनीति दोहर्‍याउँदै देशको पावर ग्रिडलाई मुख्य लक्ष्य बनाएको छ । गत जाडोमा त्यस्त आक्रमणले लाखौँ नागरिकलाई चिसो र अँध्यारोमा बस्न बाध्य बनाएको थियो ।

हालका महिनाहरूमा युक्रेनले रुसका तेल प्रशोधन केन्द्रहरूमा गरेको आक्रमणले धेरै रूसी क्षेत्रमा इन्धनको अभाव र पेट्रोलको मूल्यवृद्धि निम्त्याएको छ ।

किएभका अनुसार उसले मस्कोका लागि अत्यावश्यक ऊर्जा आम्दानी घटाउने लक्ष्य लिएको छ । ऊर्जा आम्दानी रुसको युद्ध खर्चको प्रमुख स्रोत बनेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ५ : ५९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने