टी–२० विश्वकपबाट बाहिरियो अष्ट्रेलिया « Khabarhub

टी–२० विश्वकपबाट बाहिरियो अष्ट्रेलिया


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलिया आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ। जिम्बाब्वे र आयरल्यान्ड बीचको खेल वर्षाका कारण बिना कुनै बल खेले रद्द भएपछि समूह समीकरण फेरिएको हो।

कान्डीरपल्लेकेलमा निर्धारित उक्त खेल भारी वर्षाका कारण सञ्चालन हुन सकेन। खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडे। अतिरिक्त अंक जोडेसँगै जिम्बाब्वे समूह तालिकामा माथि उक्लिँदै सुपर ८ चरणमा स्थान बनाउन सफल भयो।

यस परिणामले अष्ट्रेलियाको यात्रा भने समूह चरणमै टुंगियो। जिम्बाब्वे र श्रीलंका भन्दा पछि पर्दा अष्ट्रेलिया अंक तालिकामा उक्लिन सकेन र प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

अष्ट्रेलियाको अभियान सुरुदेखि नै चुनौतीपूर्ण बनेको थियो। उसले समूह चरणमै जिम्बाब्वे र श्रीलंकासँग पराजय भोगेको थियो। अन्तिम खेलमा जित निकाले पनि सुपर ८ मा पुग्न आवश्यक अंक भने जुटाउन सकेन।

यससँगै अष्ट्रेलियाको टी–२० विश्वकप यात्रा अप्रत्याशित रूपमा समूह चरणमै समाप्त भएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ६ : ५९ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट