टी–२० विश्वकपबाट बाहिरियो अष्ट्रेलिया « Khabarhub

टी–२० विश्वकपबाट बाहिरियो अष्ट्रेलिया


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलिया आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ। जिम्बाब्वे र आयरल्यान्ड बीचको खेल वर्षाका कारण बिना कुनै बल खेले रद्द भएपछि समूह समीकरण फेरिएको हो।

कान्डीरपल्लेकेलमा निर्धारित उक्त खेल भारी वर्षाका कारण सञ्चालन हुन सकेन। खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडे। अतिरिक्त अंक जोडेसँगै जिम्बाब्वे समूह तालिकामा माथि उक्लिँदै सुपर ८ चरणमा स्थान बनाउन सफल भयो।

यस परिणामले अष्ट्रेलियाको यात्रा भने समूह चरणमै टुंगियो। जिम्बाब्वे र श्रीलंका भन्दा पछि पर्दा अष्ट्रेलिया अंक तालिकामा उक्लिन सकेन र प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

अष्ट्रेलियाको अभियान सुरुदेखि नै चुनौतीपूर्ण बनेको थियो। उसले समूह चरणमै जिम्बाब्वे र श्रीलंकासँग पराजय भोगेको थियो। अन्तिम खेलमा जित निकाले पनि सुपर ८ मा पुग्न आवश्यक अंक भने जुटाउन सकेन।

यससँगै अष्ट्रेलियाको टी–२० विश्वकप यात्रा अप्रत्याशित रूपमा समूह चरणमै समाप्त भएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ६ : ५९ बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले