झापाका बाढीपीडितलाई राहत ‘प्याकेज’ « Khabarhub

झापाका बाढीपीडितलाई राहत ‘प्याकेज’


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बनियानी (झापा)-: अविरल वर्षापछिको बाढीका कारण पूर्ण प्रभावित भएका परिवारलाई तत्काल राहत उपलब्ध गराइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा आज बसेको बैठकले बाढीका कारण पूर्ण प्रभावित र विस्थापित भएका परिवारलाई तत्काल राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार तत्काल पूर्ण प्रभावित परिवारलाई २५ केजी चामल, दुई केजी नुन, दुई केजी दाल, एक लिटर तेल, पाँच केजी आलु र दुई थान ब्ल्याङ्केट र दुई थान म्याट्रेस उपलब्ध गराइने छ । बैठकले बाढीपीडितलाई सहयोग गर्न चाहने सङ्घसंस्थालाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न र कम्तीमा रु ३० हजार बराबरको राहत प्याकेज उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

सहयोगी सङ्घसंस्थाले नगद सहयोग उपलब्ध गराएको खण्डमा ‘एकका लागि एक’ अभियानअन्तर्गत राहत सामग्री खरिद गरी वितरण गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए । लोकमार्ग मर्मतपछि सवारी सञ्चालन बाढीका कारण अवरुद्ध भएको झापाको शिवसताक्षी नगरपालिका–१० स्थित पूर्वपश्चिम लोकमार्ग सञ्चालन भएको छ ।

यहाँ सुकुना खोलाको बाढीले ‘ड्राइभर्सन’ भत्किएको थियो । आवश्यक मर्मतपछि दुवैतर्फ सवारी आवागमन पूर्णरूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । जिल्लाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कनकाई माई खोलाको छेउमा फेला परेको शवको पहिचान खुलेको छ ।

असोज १९ गते मृतक फेला परेका व्यक्ति इलाम नगरपालिका–१० गोदक निवासी अन्दाजी ७० वर्षीय गर्जमान तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले मृतकका छोरा दावा तामाङले शव पुष्टि गरेको बताए । शव हाल भद्रपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : १५ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ