आश्विन शुक्ल पूर्णिमाः हनुमानढोका दरबारमा अखिल बलिपूर्ति « Khabarhub

आश्विन शुक्ल पूर्णिमाः हनुमानढोका दरबारमा अखिल बलिपूर्ति


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हनुमानढोका दरबारको दसैँघरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरेसँगै यस वर्षको बडादसैँमा मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका पुरातत्व अधिकृत सविताकुमारी जोशीले ५४ बोकामध्ये नौ बोकालाई दसैँघरमा र बाँकी बोका तथा ५४ राँगालाई भने हनुमानढोका दरबारको मूलचोकमा बलि दिइएको बताइन् ।

अखिल बलि पूर्ति गरिएसँगै दसैँघरमा घटस्थापनाका दिन राखिएको जमरा सेलाइएको छ । जमरा सेलाएसँगै टीका र प्रसाद लगाउने क्रम अन्त्य भएको हो ।

यसैगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले असोज ६ गते घटस्थापनाका दिन घरघरका पूजा कोठा एवं दसैँघरमा राखेको जमरा पनि आज नजिकको ताल, तलाउ, पोखरी वा तीर्थस्थलमा सेलाएका छन् ।

आज राति धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातमा जाग्राम बसेसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व समापन गरिन्छ । आजको दिनलाई कोजाग्रत पूर्णिमा र कौमुदी पूर्णिमा पनि भन्ने गरिन्छ । आज जाग्राम बसेर महालक्ष्मीको पूजाआराधना गरे घरमा लक्ष्मीले बास गर्ने धार्मिक विश्वास छ । नेपालमा सबैभन्दा बढी समय बिदा हुने बडादसैँ पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ४० बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय