काठमाडौंमा आज विप्लवको जनप्रदर्शन « Khabarhub

काठमाडौंमा आज विप्लवको जनप्रदर्शन


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ।

प्रदर्शनपछि काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनसभा गर्ने सो पार्टीले जनाएको छ। उक्त पार्टीले दिउँसो १२ बजे सुन्धाराबाट प्रदर्शन सुरु गर्नेछ।

सुन्धाराबाट सुरु भएको प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ। सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।

विप्लव समूहका चिरन पुन पार्टीबाट विद्रोह गर्दै बुधबार १० वाम घटकसँग एकभएपछि यो जनप्रदर्शन हुन लागेको हो। विप्लव भने वाम एकता कार्यक्रममा सहभागी भएनन्।

लामो समय विद्रोहको एजेन्डा बोकेको विप्लवको पार्टीले पछिल्लो समय भए निर्वाचन आयोगमा दल दर्तासमेत गरिसकेको छ। दल दर्ता गर्दा आयोगमा उनको पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल राखिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १० : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै