भक्तपुरका नेवार समुदायले मनाए ‘सकिमना पुन्ही’ (फोटो फिचर) « Khabarhub

भक्तपुरका नेवार समुदायले मनाए ‘सकिमना पुन्ही’ (फोटो फिचर)


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवार समुदायले कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही मनाएको छ । यस दिन सकी अर्थात् पिँडालु तथा सखरखण्ड उसिनेर खाने प्रचलन छ । नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने गर्दछन् ।

नेवार समुदायले पिँडालु, सखरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने गर्दछन् । यसले शरीरमा ताकत उत्पन्न भई शरीर स्वस्थ हुने जनविश्वास छ ।

आज साँझ हरेक मन्दिरअगाडि उसिनेको सखरखण्ड, पिँडालु तथा भुटेको मकै, भटमास, गहुँ, बदाम, केराउ, चनालगायत विभिन्न गेडागुडीले देवीदेवता तथा मन्दिरको कलात्मक आकृति बनाउँछन्, जसलाई स्थानीय भाषामा हलिमली भनिन्छ‌ र अन्त्यमा यसैलाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।

सकिमना पुन्ही कलालाई अन्नमार्फत प्रस्तुत गर्ने एक दुर्लभ कलाकारितासमेत हो ‌। घरघरमा उसिनेको पिँडालु खाएर सकिमना पुन्ही मनाएका स्थानीयहरुले धान, मकै, भटमासलगायत भुटेका गेडागुडीबाट न्यातपोल मन्दिर, बिस्काः रथ, गणेशलगायत विभिन्न देवीदेवताका आकृति बनाइने गरिन्छ, जसले यहाँको प्राचीन वैभव झल्काउने समेत गर्दछ ‌।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १० : २७ बजे

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा