बाँके– कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ वडा कार्यालयले सरकारी जमिनमा व्यावसायिक खेती थालेको छ ।
अभियानका रुपमा मुङखेती गरिएको बताउँदै वडाध्यक्ष धनराम ओलीले त्यो सफल भएको जानकारी दिए । हाल १८ कट्ठा जमिनमा मुङखेती गरिएको छ ।
हाल उक्त वडावासी मुङखेतीतर्फ आकर्षित भएका छन् । कृषि अभियान मुङखेतीमा मात्र सीमित छैन टनेल बनाएर च्याउको व्यावसायिक उत्पादन पनि भएको छ ।
वडा कार्यालयले आँप, कटहर, अम्बा, कागतीलगायत अमिला फलका बिरुवा हुर्काइरहेको छ । साथै खाली जमिनमा राजमा र तोरीखेती गरिएको छ । (रासस)













प्रतिक्रिया