मन्दिरको पूर्वाधार निर्माणका लागि साढे २ लाख रुपैयाँ संकलन « Khabarhub

मन्दिरको पूर्वाधार निर्माणका लागि साढे २ लाख रुपैयाँ संकलन


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट दुई करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ ।

महायज्ञ मूल समारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले मन्दिरको विकास, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले भएको महायज्ञबाट दुई करोड ५० लाख सङ्कलन भएको जानकारी दिए ।

यही कात्तिक ८ देखि १५ गतेसम्म भएको महायज्ञ अवधिभर तीन परिवार र एक संस्थाले पाँच लाखभन्दा धेरै दान दिएको उनले बताए ।

छिम्केश्वरी पर्यटन विकास समितिले सङ्कलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार र बाटो तथा पार्किङ निर्माणमा प्रयोग गर्ने जनाएको छ ।

समितिले मन्दिर क्षेत्र संरक्षण, फूल तालिम केन्द्र स्थापना, भक्तजन आवागमन सहज बनाउने, विश्रामगृह निर्माण र सरसफाइ सुदृढीकरणलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ । महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले प्रवचन दिएका थिए ।

समुद्र सतहदेखि दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । (रासस)

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ११ : २८ बजे

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन