‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न « Khabarhub

‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक स्थल नमोबुद्धमा ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न गरेका छन् । 

मंगलबारदेखि सुरु भएको जात्रा आज बिहान ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै सम्पन्न भएको हो ।

कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो रातदेखि सुरु भएको जात्राअन्तर्गत मेला भर्न गएका तामाङ र नेवार समुदायका मानिसले आफ्नो पितृको सम्झनामा दुई दिन दुई रात दीप प्रज्वलन गरेका हुन् । 

काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीयस्थान नमोबुद्धमा विशेषगरी कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्दै आएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङबज्र लामाले जानकारी दिए । 

‘कात्तिक शुक्ल पूर्णिमा तिथिका दिन शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रूपमा मान्दै आइएको छ ।

किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो । उक्त स्थान ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको शिलालेखमा उल्लेख छन्’, उनले भने । 

द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडेर बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गरेमा पितृले मोक्ष प्राप्त गर्ने जनविश्वास रहिआएको गुठीका अध्यक्ष लामाले बताए ।

यहाँ दीप प्रज्वलनका लागि बर्सेनि बौद्ध धर्मालम्बीको ठूलो भीड लाग्ने गरेको उनको भनाइ छ । 

मेलामा करिब एक हजारले नमोबुद्धको दर्शन तथा पूजाअर्चना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रा अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । 

नमोबुद्ध गुठीका अध्यक्ष लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झनामा दीप प्रज्वलन गर्नुका साथै सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरिएको छ । 

‘यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने र मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ’, उनले भने ।

मेलामा सिन्धुपाल्चोकसहित सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायत जिल्लाबाट बौद्ध धर्मावलम्बीहरूको सहभागिता थियो । 

नमोबुद्धका मूल लामागुरु कान्छा लामाका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गरेको हो । 

‘पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो’, लामा गुरुले भने । उनका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोहीस्थान नजिकै बाँकी जीवन चैत्य सेवामा बिताएका थिए  । तत्पश्चात् राजारानी शङ्खेश्वरी अजी–अजीमाको नामले चिनिँदै आएको जनविश्वास रहिआएको उनले जानकारी दिए ।

नमोबुद्धमा सधैँजसो स्वदेश तथा विदेशका बौद्धमार्गीहरूको चहलपहल हुने गरेको छ । नमोबुद्धबाट ऐतिहासिक पनौतीसहितका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिमश्रृङ्खला र पहाडी मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । रासस

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १२ : १८ बजे

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा