फुटबल खेलाडीहरूले आफ्नो मेडल एन्फालाई उपहार दिएपछि… « Khabarhub

फुटबल खेलाडीहरूले आफ्नो मेडल एन्फालाई उपहार दिएपछि…


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिएका छन्। नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर धर्ना दिएका छन् ।

उनीहरूले आफूहरूले जितेको मेडलसमेत एन्फालाई उपहार दिएको भन्दै एन्फाको गेटमा झुण्डाइदिएका छन्। नियमित लिग नहुँदा खेलाडी मारमा परेको र नेपाली फुटबल ओरालो लागेको उनीहरूको भनाइ छ ।

यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ए डिभिजन गर्ने सहमति गरेका थिए। यो वर्ष भने तीन वर्षअघि भएको ए डिभिजन लिगका शीर्ष ६ टोली र आजदेखि हेटौंडामा सुरू एन्फा प्रेसिटेन्ड लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गराउने सहमति भएको  थियो ।

राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइजसँगै, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब,सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन्। बाँकी ८ ए डिभिजन  क्लबको भने प्रतिनिधित्व हुनेछैन।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : २० बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली