न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल « Khabarhub

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा खाना खाएका छन् । मेयरमा निर्वाचित भएपछि न्यूयोर्ककको ज्याक्सन हाइटमा रहेको नेपाली स्वाद पस्किने लालीगुराँस बिस्ट्रो होटेलमा गएर उनले मःमः खाएका हुन् ।

उनको साथमा कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा न्यूयोर्ककै प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक नेतृ अलेक्जाण्ड्रिया ओकासियो कोर्टेज पनि थिइन् । उनीहरुले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।

ममदानीले मङ्गलबार भएको निर्वाचनमा ऐतिहासिक विजय हासिल गरेका हुन् । यो परिणामले न्यूयोर्कको राजनीतिक दिशा परिवर्तन गरेको मात्र नभइ सन् २०२६ को मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि प्रारम्भिक चेतावनीको रूपमा समेत देखिएको छ ।

ममदानीको यो विजयी परिणामसँगै डेमोक्रेटिक पार्टीले भर्जिनिया र न्यूजर्सीको गभर्नर चुनावमा पनि उल्लेखनीय सफलता हात पारेको छ । यी परिणामहरूले ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि कमजोर भएको डेमोक्रेटहरूको मनोबल पुनः उच्च बनाएको छ भने रिपब्लिकनहरूमा भने चिन्ताको घण्टी बजाएको छ ।

‘यदि कुनै स्थानले डोनाल्ड ट्रम्पद्वारा विभाजित राष्ट्रलाई कसरी पुनः एकीकृत गर्ने भनेर देखाउन सक्छ भने, त्यो स्थान यही सहर हो — जसले उहाँलाई जन्म दियो’, ममदानीले विजय भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘राजनीतिक अन्धकारको यस घडीमा न्यूयोर्क उज्यालो बन्नेछ ।’

भर्जिनिया र न्यूजर्सीमा डेमोक्र्याटहरूको गभर्नर पदमा जितले देशको राजनीतिक मुडमा परिवर्तन आएको सङ्केत गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : ३८ बजे

बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरणको सिफारिस

बागलुङ – बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई

संविधान संशोधन बिना देश नयाँ दिशामा जान सक्दैनः अध्यक्ष यादव

सुनसरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की

काठमाडौं – काठमान्डू गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको

अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई कसले दियो ‘सफाया’ गर्ने धम्की?

काठमाडौँ – सरकारले विभिन्न १० हाइप्रोफाइल व्यक्तिको निवास वरपर पनि

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द

नयाँदिल्ली – भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता