न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल « Khabarhub

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा खाना खाएका छन् । मेयरमा निर्वाचित भएपछि न्यूयोर्ककको ज्याक्सन हाइटमा रहेको नेपाली स्वाद पस्किने लालीगुराँस बिस्ट्रो होटेलमा गएर उनले मःमः खाएका हुन् ।

उनको साथमा कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा न्यूयोर्ककै प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक नेतृ अलेक्जाण्ड्रिया ओकासियो कोर्टेज पनि थिइन् । उनीहरुले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।

ममदानीले मङ्गलबार भएको निर्वाचनमा ऐतिहासिक विजय हासिल गरेका हुन् । यो परिणामले न्यूयोर्कको राजनीतिक दिशा परिवर्तन गरेको मात्र नभइ सन् २०२६ को मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि प्रारम्भिक चेतावनीको रूपमा समेत देखिएको छ ।

ममदानीको यो विजयी परिणामसँगै डेमोक्रेटिक पार्टीले भर्जिनिया र न्यूजर्सीको गभर्नर चुनावमा पनि उल्लेखनीय सफलता हात पारेको छ । यी परिणामहरूले ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि कमजोर भएको डेमोक्रेटहरूको मनोबल पुनः उच्च बनाएको छ भने रिपब्लिकनहरूमा भने चिन्ताको घण्टी बजाएको छ ।

‘यदि कुनै स्थानले डोनाल्ड ट्रम्पद्वारा विभाजित राष्ट्रलाई कसरी पुनः एकीकृत गर्ने भनेर देखाउन सक्छ भने, त्यो स्थान यही सहर हो — जसले उहाँलाई जन्म दियो’, ममदानीले विजय भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘राजनीतिक अन्धकारको यस घडीमा न्यूयोर्क उज्यालो बन्नेछ ।’

भर्जिनिया र न्यूजर्सीमा डेमोक्र्याटहरूको गभर्नर पदमा जितले देशको राजनीतिक मुडमा परिवर्तन आएको सङ्केत गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : ३८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन