नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले गरे पदभार ग्रहण   « Khabarhub

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले गरे पदभार ग्रहण  


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बिहीबार पदभार ग्रहण गरेका छन् । 

शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्स र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । 

सन् १९९६ देखि तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा शुरु गरेका उनले हिमालयन बैंक, तत्कालीन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि बैंक अफ एशिया नेपालमा बिजनेस बैंकिङ्ग प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । 

 बैंक अफ एशिया नेपाल र एनआईसी बैंकको मर्जर प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शाक्यले मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धकको रूपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भई काम गरे । 

सिभिल बैंक, जनता बैंक, ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिसकेका शाक्य यस बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त हुनु पूर्व नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।  

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ३ : ०६ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक